ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिउँमा हराएका तीन नेपाली र चार कोरियाली पर्यटक हिउँमै पुरिएको आशङ्का


एबीसी न्यूज


कास्की, ८ माघ ।  अन्नपूर्ण पदमार्गमा हराएकाहरु हिउँमै पुरिएको आशङ्का गरिएको छ । कोरियाली उद्धार टोलीले ल्याएको प्रविधिले बेपत्ता भएकाहरु हिउँमै पुरिएको सङ्केत गरेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताउनु भयो । कोरियन उद्धार टोलीले ल्याएको ‘मेटल डिटेक्टर’ ले चेक गर्दा सकारात्मक रिजल्ट आएको छ’ उहाँले भन्नुभयो, ‘मेटल डिटेक्टरले मानिसले बोकेको झोला मोबाइलको ‘डिटेक्ट’ गरेको आधारमा आशङ्का गरिएको हो’ । यद्यपि पत्ता लागेको ठाँउहरुमा मानिसबाट छोडिएका झोला, मोबाइल अथवा अन्य कुनै धातुजन्य वस्तुमात्रै पनि हुन सक्ने भुजेलको भनाइ छ । ‘मेटल डिटेक्टर’ ले पत्ता लगाएको ठाँउमा रातो रिबन राखेर सङ्केत गरिएको छ । प्रविधिले पत्ता लगाएको ठाउँमा बेपत्ता भएकाहरुको खोजी गर्न हिउँ उत्खननका लागि नेपाली सेनाको तालिम प्राप्त १५ जनाको टोली हेलिकोप्टरमार्फत देउरालीमा अवतरण गरिसकेका छन् । गएको शुक्रबार भएको हिमपात र हिमपहिरोको कारण बेपत्ता भएका तीन नेपाली र चार कोरियाली पर्यटकसहित सात जनाको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com