ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशै भरिका सबै स्थानीय तहमा वास प्लान बनाउने खानेपानी मन्त्रालयको तयारी


एबीसी न्यूज

विराटनगर । संघीय सरकारको खानेपानी मन्त्रालयले सातै प्रदेश र देशैभरिका स्थानीय तहहरु संग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान ) निर्माण गर्ने र उक्त योजना कार्यान्वयन गर्ने भएको छ ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रममा  देशै भरिको वास प्लान बनाउने तयारी भएको जानकारी गराइयो ।

कार्यक्रममा प्रदेश १ सरकारका मुख्य मन्त्री शेरधन राईले संविधानमा उल्लेखित खानेपानी र सरसफाइमा जनताको पहुँच पु-याउने मौलिक हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले दीगो विकास लक्ष्य हासिल गर्ने दिशा तर्फ प्रदेश सरकार अघि बढिरहेको बताउँदै तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा मात्र यो सम्भव रहेको स्पष्ट पार्नुभयो ।

“खानेपानी मन्त्रालयले ल्याएको वास प्लान एक महत्त्वपूर्ण उपलब्धि हो ।” उहाँले भन्नुभयो, “डिजिटल प्रविधिको माध्यमबाट खानेपानी र सरसफाइको बारेमा सम्पूर्ण सूचना जानकारी दिने जुन सफ्टवेयर प्रविधि मन्त्रालयले तयार ग-यो यसलाई अघि बढाउन हाम्रो पूर्ण प्रतिबद्धता छ । प्रदेश १ सरकारले प्रभावकारी ढंगले यसको कार्यान्वयन गर्नेछ ।”

कार्यक्रममा खानेपानी मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा प्रत्येक स्थानीय तहको पूर्ण आकारको गुरु योजना बनाउन मन्त्रालयले चाहिरहेको स्पष्ट पार्नुभयो । ” हामीले देशै भरिको गुरु योजना बनाउन चाहिरहेका छौं ।” उहाँले भन्नुभयो, ” ७ सय ५३ वटै स्थानीय तहको मास्टर प्लान बनाउन खोजिरहेका छौं । मास्टर प्लान तयार भैसके पछि त्यही गतिमा काम गर्नेछौं । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य हासिल गर्नुपर्ने चुनौती छ । त्यसका लागि पनि वास प्लान चाहिएको हो ।”
धेरै योजनाहरु विकेन्द्रीत भएकाले योजनालाई केन्द्रित गरेर मन्त्रालय अघि बढ्न खोजेको मन्त्री मगरले बताउनुभयो ।

स्थानीय तहहरुबाट तर्जुमा गरिने वास प्लानहरुमा एकरूपता कायम रहोस् भन्ने उदेश्यले सो कार्यमा सहयोग तथा समन्वय गर्नका लागि वास प्लान निर्देशिका समेत  तयार गरिएको कार्यक्रममा जानकारी गराइयो । वास प्लानले देश भरिको खानेपानी र सरसफाइको अवस्था बारे सूचना तथा जानकारीहरु NWASH भन्ने वेब सफ्टवेयरको माध्यमबाट संकलन गर्ने, भू-सान्दर्भिक तथ्यांकहरुको प्रविधियुक्त नक्साङक गर्ने, सो को विश्लेषण गर्ने तथा हालसम्म खानेपानी तथा सरसफाइका सेवा र सुविधाबाट वन्चित समुदायको पहिचान गरि सो स्थान र समुदायमा सेवा प्रवाहको सुनिश्चितता, मौजुदा सेवाको पुन स्थापना तथा स्तरोन्नति सहित रणनीतिक योजना निर्माण गर्ने कार्यमा सबै स्थानीय तहहरुलाई सहजीकरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com