ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखकै आसनबाट उपसभामुखको राजीनामा घोषणा, आजै ४ बजे अर्को बैठक आह्वान (पत्रसहित)


एबीसी न्यूज
माघ ६, २०७६ सोमबार  १ : ५१ बजे

काठमाडौं, माघ ६ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुभएको छ । पञ्तिनिधिसभाको आजको बैठकमा सभामुखकै चेयरमार्फत संसदलाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने घोषणा गर्नुभएको हो । उहाले बैठकको प्रारम्भमै राजीनामा पत्र पढेर सुनाउनु भएको थियो ।

आजको बैठकमा सम्बोधन गर्दै उहाँले बहुमत प्राप्त दलले सभामुख दावा गरेको अवस्थामा आफ्नो धरातल बिर्सन हुन्न भन्ने मान्यताका साथ मार्गप्रशस्त गर्ने निर्णय लिएको जानकारी गराउनु भएको हो ।

‘दलको निर्देशनमा होइन, संबिधानअनुसार निर्देशित हुन्छ, तर आफ्ना जराहरु बिर्सनु हुन्न, धरातल बिर्सनु हुन्न भन्नेमा पनि म सचेत छु । बहुमत पाप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरेको अवस्थामा संबिधानले एउटै दलले दुवै पद लिन नमिल्ने संबैधानिक ब्यवस्थाअनुसार मैले सहजीकरण गर्नु आवश्यक भएको छ । यसै अनुसार मैले मार्ग प्रश्स्त गर्ने निश्कर्षमा पुगेको जानकारी गराउन चाहन्छु,’ उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो । राजीनामाको घोषणासँगै आज ४ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । अव उहाँले लिखित राजीनामा संसद सचिवालयमा बुझाउनु भएको छ ।

उहाँले आफूले राजीनामा दिएपनि पुरानो अडानमा र मान्यतामा दृढ रहेर अघि बढने घोषणा पनि गर्नुभयो । ‘मेरो धारणा महत्वकांक्षा र अनुचित थिएनन भन्नेमा म दृढ छु । निर्णय र सार्वजनिक जवाफदेहीताको बिषयमा सवै सचेत हुनुपर्छ भन्नेमा म दृढ छु,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

सम्बन्धित

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com