ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यले कृषि क्षेत्रमा चासो नदेखाउदा दिनप्रतिदिन युवा जनशक्ति कामको खोजिमा खाडिमूलुकमा (भिडियोसहित)


एबीसी न्यूज
माघ ५, २०७६ आईतबार  १ : १० बजे

 

काठमाडौं,  ५  माघ ।   मुलुकमा बाख्रापालन व्यबसाय नेपालमा परापूर्ब कालदेखि गरिदै आएको व्यबसाय हो । यो व्यबसाय थोरै लगानीबाट शुरु गर्न सकिन्छ । स्वरोजगार र आय आर्जनको लागी यो व्यबसाय उपयुक्त हुदै आएको छ । बाख्रापालनलाई व्यबसायीकरुपमा पालनगर्दा आय आर्जन गरी घरको आर्थिक स्थिति सुध्रिने हुनाले यस तर्फ कृषकहरुको आर्कषण बढ्दो छ ।

भान्छाबाट खेर जाने पदार्थहरु, र थोरै चरन क्षेत्र हुने हो भने पनि बाख्रा पालन गर्न सकिन्छ । बाख्राको मल मुत्रको प्रयोगबाट खेतवारीमा उत्पादन बृद्धि गर्न सकिन्छ । बाख्राको पोषिलो दुध, खसी बोकाको मासु आदिबाट जीविकोपार्जन गर्न सकिन्छ । हाल बाख्रा पालन व्यावसायमा कृषकहरुको उत्साहा छाएपनि राज्यबाट पाउनु पर्ने सेवा सुविधा कृषकहरु सम्म पुग्न नसकेको गुनासो छ । तथापी विभागबाट सामुहिक बाख्रा पालन कार्यक्रम, पशु आहारा कार्यक्रम, पशु प्रजन्न कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम र व्यावस्थापन र बजारीकरण कार्यक्रम मार्फत कृषकहरु बाख्रा पालनमा थप उत्साहित बनेको विभागको दाबि छ ।

थोरै लगानीमा व्यबसाय शुरु गरी स्वरोजगारको थालनी गर्न सकिने यो बाख्रापालन व्यबसाय नेपालमा दिनानुदिन लोकप्रिय हुदै गईरहेको छ । कृषि र्फम दर्ता गरेर सामुहिक बाख्रा पालन देखी व्यक्तिगत बाख्रा पालनले नेपालमा खपत हुन खसी बाख्राको मासुको ठुलो हिस्सा ओगटेको छ । तर अझैपनि मुलुक खसी बाख्राको मासुमा आत्मानिर्भर हुन सकेको छैन ।

भौगोलिक हिसाबले नेपालमा ४ प्रजातिका बाख्रा पालन हुदै आएका छन । तराई बाख्रा, खरी बाख्रा, सिनाल र च्याङग्रा गरी पछिल्लो अध्यन अनुसार नेपालमा १ करोड १७ लाख खसी बाख्रा रहेको छ । नेपालमा खपत हुने मासुको २० प्रतिशत हिस्सा खसी बाख्राले ओगटे पनि विशेषज्ञ डाक्टरहरुको अभाव, उन्नत जातको खसी बाख्राको नश्ल नहुनु र पोषण युक्त डाले घासको विऊको अभाब र तालिम प्रशिक्षणको अभाबले खसी ब्ँँख्ँ्रँ पालनमा समस्या देखीएको छ । तर, व्यवस्थीत खोर, टाकी लगायत पोशिलो डाले घासको प्रयोग गरे राम्रो आम्दानी गर्न सकिने विज्ञको भनाई छ ।

सरकारले कृषकलाई वाख्रा पालनलाई थप उत्साहित वनाउन विमा कार्यक्रम पनि सुरुगरेको छ । जसअन्तरगत सरकारले २५ प्रतिशत प्रिमियम बेहेर्दै आएको छ । तर, प्राविधिक र प्रशिक्षणको अभाबमा कमैले मात्र बिमा सुबिधा पाएका छन् । मृत्यु भएका विमा गरेको खसी बाख्राको विमा रकम उठाउन गाह्र परेको कुषकको गुनासो छ ।

मुलत, नेपाल कृषि प्रधान देश हो । मुलुकमै उत्पादन भएको स्वच्छ र सफा मासुको उच्चतम माग छ । बाख्रा पालनको अथाह सम्भाबना पनि छ । तर, सरकारी स्तरबाट सकारले अघि सारेको कार्यक्रमको समुचित व्यावस्थापन गरेर असली बाख्रा पालक सम्म पुर्याउनु हो भने खसी बाख्राको मासुमा परनिर्भर हुनु पर्दैन । किसानको नाममा स्थानीय तह, प्रदेश ,केन्द्र र सरकारी अधिकारीलाई प्रलोभमा पारी करोडौंको लुट नियन्त्रण गरे स्वदेशमै खसी बाख्राकोमाग बमेजिम मासुकोमाग पुरा हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com