ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला नेतृत्वको उद्यमशीलता अब्बल बन्दै (भिडियोसहित)


एबीसी न्यूज
माघ १, २०७६ बुधबार  १२ : ४० बजे

काठमाडौं, १ माघ ।  देशको राजनीतिक, सामाजिक र आर्थिक लगायत विविध पक्षमा आएको परिवर्तनले महिला उद्यमशिलतामा पनि टेवा पु¥याईरहेको छ । कुनै बेला चुल्हो–चौकोमा मात्रै सीमित रहेपनि पछिल्लो वर्षयता आर्थिक विकासका गतिविधिहरुमा पनि महिलाहरुको सक्रियता बढ्दो छ । घर गृहस्थदेखि व्यापार, व्यवसाय र उद्यमको क्ष्ँेत्रमा महिलाहरुको व्यवस्थापकीय क्षमता पनि अभिवृद्धि भईरहेको छ ।

‘एक कर्मचारी नबन्नुस्, बरु एक रोजगारदाता बन्नुहोस्, यसले नै परिवार, समाज र देशलाई नै आत्मनिर्भर बनाउ“छ’ । स्वरोजगार एवम् उद्यँेग क्षेत्रमा यो भनाई निकै चरितार्थ छ । आर्थिक समृद्धि प्राप्तिका लागि पहिलो चरण भनेकै स्वदेशी उत्पादनको वृद्धि नै हो र निर्यातमुखी अर्थ प्रणालीको विकास गरिनु नै हो । तर भौगोलिक तथा सा“स्कृतिक विविधता मिश्रित प्राकृत रुपमा पनि अनुपम गन्तव्य नेपालको अर्थव्यवस्थाले किन गति लिन सकिरहेको छैन ? देशमा राजनीतिक स्थायीत्व कायम भईरहेको बेला यस विषयमा थप बहसहरु भईरहेका छन् । त्यसो त देशमा अहिले जनसांख्यिक लाभ लिने अवस्था पनि छ ।

तर, कुल जनसंख्याको आधाभन्दा बढि रहेका महिलाहरु आज पनि घरगृहस्थमै आफ्नो जीवन गुजरा गरिरहेका छन् । यहा“सम्म कि, शिक्षित र सक्षम महिलाहरु समेत घरायसी कामकाजमै आफ्नो समय व्यतीत गर्न बाध्य छन् । यसकारण पनि अझै लैङ्गिक समानताको विषय उठिरहेको द्धारिका होटल एण्ड रिसोर्टका अध्यक्ष अम्बिका श्रेष्ठ बताउँछिन् । आफुसँग जे जति छ, आफूले चाहेको क्षेत्रमा नवीन तरिकाले काम सुरु गर्नुपर्ने तर सधैं सरकारलाई दोष मात्रै दिन नहुने श्रेष्ठ बताउंछिन् । यस्ता काममा युवा वर्गलाई प्रोत्साहन गरिनुपर्ने बताउँदै उनले भ्रमण वर्ष २०२० लगायत देशको आर्थिक उन्नतिको लागि सबैले आ–आफ्नो दायित्व बोध गर्न सक्नुपर्ने बताउंछिन् ।

औद्योगिक क्षेत्र तथा समग्र देश विकासका लागि महिलाहरुको सहभागीतामा वृद्धि हुनुपर्ने उद्यमीहरु बताउँछन् । घर व्यवस्थापनको लामो अभ्यास गरिरहेका महिलाहरुले व्यवसाय एवम् उद्योग क्षेत्रमा पनि अब्बल रुपमा व्यवस्थापकीय क्षमताको प्रदर्शन गरिरहेका छन् । महिलाहरुको डिएनएमा मात्रै अब्बल क्षमता हुने एक व्यवसायी बताउँछन् । अझ, समग्र उद्योग क्षेत्रको व्यवस्थापन एवम् विकासका लागि पुरुषको दाँजोमा महिलाहरु अब्बल रहने उद्यमीहरुको बुझाई छ ।

तर, उद्योग एवम् व्यवसायका लागि महिलाहरुमा प्रमुख समस्या पू“जीको रहेको छ । कानुनतः सम्पत्तिमाथी महिलाको हक अहिलेको अवस्थामा सुधारिदो रहेपनि सन्तोषजनक छैन । तथापि घर, समाज र देशको समग्र आर्थिक विकासका लागि महिला र पुरुष दुवैको उत्तिकै सहभागिता एवम् सक्रियता आवश्यक छ ।

समृद्ध नेपाल निर्माणका लागि देशमा अधिकतम उत्पादन एवम् निर्यातमुखी अर्थतन्त्रको विकास हुन सक्नुपर्छ । स्वदेशी स्रोत, साधनको अध्ययन र पहिचान गरी त्यसको अत्याधिक उपभोग राज्यले गर्न सक्नुपर्दछ । यसका लागि विशेषतः युवालाई आकर्षण गर्दै उद्योगमैत्री वातावरणको सिर्जना गर्न सके सुखी नेपालीको परिकल्पनाले सार्थकता पाउला ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com