ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फलामको लिभरले दाहिने कोखामा घोचेर हत्या गरेको, दुर्घटनाको रुप दिन टिप्पर चलाइएको – प्रहरी


एबीसी न्यूज
पुस २७, २०७६ आईतबार  ७ : ५९ बजे


धनुषा, २७ पुस  । मिथिला नगरपालिकाको औरही खोलामा भइरहेको अवैध बालुवा, गिट्टी उत्खननको विरोध गर्ने युवा अभियन्ता (ओमप्रकाश) भनिने दिलिपकुमार महतोको निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाको रुप दिन टिप्परले किचिएको प्रहरीले निष्कर्ष निकालेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिप्पर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् ।

शुक्रबार बिहान बालुवा उत्खनन भइरहेको छ भनि अभियन्ता दिलिपलाई उनको साथी रोशनमार्फत औरही खोलामा सुनियोजितरुपमा बोलाइ कुटपिट गरी हत्या गरेर घटनालाई दुर्घटनाको रुप दिन ना ७ ख ६४१३ नम्बरको टिप्परले किचिएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, अवैध बालुवा, गिट्टी उत्खनन गर्न नदिन दिलिपले चलाएको अभियानले गर्दा क्रसर सञ्चालकलाई करोबार गर्न समस्या भइरहेको थियो । त्यसको समाधानका लागि योजनाअनुसार रोशनमार्फत दिलिपलाई बिहानै ४ बजे खोलामा बोलाएर आरोपितहरुले कुटपिट गरी सिकिस्त बनाएको, फलामको लिभरले दाहिने कोखामा घोचेर हत्या गरेको र घटनालाई दुर्घटनाको रुप दिन टिप्पर चलाइएको प्रारम्भिक अनुसन्धान देखिएको हो ।

घटनापछि स्थानीयको सहयोगमा आफन्तजनले घटनाको दिन पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए । अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले लाठी चार्ज र अश्रुग्याससमेत प्रहार गरेको थियो ।

प्रहरीले बिना मुचुल्काको शव उठाएको भन्दै स्थानीय र आफन्त आक्रोशित भएका थिए । त्यसपछि प्रहरीले आरोपितहरु पक्राउ परिसकेको र उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पश्चात पीडितहरुको जाहेरीपछि शनिबार बेलुका शवको पोष्टमार्टम भएको छ ।

पोष्टमार्टमपछि पीडित परिवारले शव बुझिसकेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com