ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द समूहबाट क्रान्ति पार नलाग्ने बताउँदै पोलिटब्युरो सदस्य कार्की सत्तारुढ नेकपामा प्रवेश


एबीसी न्यूज

काठमाडौं, २६ पुस । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बिहान आयोजित एक कार्यक्रमबीच उहालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनु भएको हो ।

चन्द समूहका कार्कीलगायत नेता, कार्यकतालाई प्रचण्ड दाहालले पार्टीमा स्वागत गर्नुभएको थियो । प्रचण्डसँगै महासचिव विष्णु पौडेल, नेताहरु देवेन्द्र पौडल, अग्नि सापकोटा, हितमान शाक्यलगायतले पनि स्वागत गर्नुभयो ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कार्की केही समय यताउता अलमलिएर पनि मूलधर फर्किएकोमा खुसी व्यक्त गर्नुभयो । कार्कीले जनयुद्धका समयमा उपत्यकामा बसेर जनयुद्ध कुनै आतंक होइन भन्ने कुरा जनतालाई बुझाउन योगदान गरेको स्मरण गराउदै विप्लव पनि ढिलोचाँडो नेकपामा आउने दाबी गर्नुभयो ।

चन्द समूहमा रहेकै बेला २०७५ साल चैत १ गते ललितपुरबाट पक्राउ परेका कार्की २०७६ साउन २१ गते रिहा हुनु भएको थियो । उहालाई अभद्र व्यवहारसम्बन्धी आरोप लगाइए पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि थुनामुक्त हुनु भएको थियो ।

चन्द समूहमाथि प्रतिबन्ध लगाएपछि कार्की लगायत थुप्रै उच्चस्तरका नेता पक्राउ परेका थिए । तर पक्राउपछि रिहा हुने कार्की उच्चस्तरका पहिलो नेता समेत हुनुहुन्छ । कार्कीले चन्द समूहबाट क्रान्ति पार नलाग्ने बताउँदै आफू नेकपामा प्रवेश गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com