ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिउँसो २ बजे ह्वाइट हाउसमा गएको एउटा सन्देश यस्तो थियो ……


एबीसी न्यूज

काठमाडौं, २५ पुस ।  इरानी कमाण्डर कासिम सुलेमानीको मृ त्युलगत्तै अमेरिकी गुप्तचर एजेन्सीको एउटा सन्देशले हाउस युद्धमयजस्तै भयो । त्यसलगत्तै अमेरिका ईरानी आक्रमणलाई सामना गर्ने योजना निर्माणमा व्यस्त भयो। तुरून्तै व्हाइट हाउसबाट अमेरिकी सेनाका क्याम्पहरुमा सन्देशहरू जारी गरियो । दिउँसो २ बजेको थियो । ह्वाइट हाउसमा एक चेतावनी सन्देश प्राप्त भयो। यो अमेरिकी जासूस एजेन्सीहरूको फ्ल्यास सन्देश थियो ।

सन्देशमा भनिएको थियो, अमेरिकी सेनाको क्याम्पमा इरानी आ क्र मण हुने निश्चित देखियो ।’ यो सन्देशले राष्ट्रपति भवन र पेन्टागनमा हलचल मच्चियो। यस फ्ल्यासमा एउटा सन्देश थियो जसमा लेखिएको थियो, ‘ईरानले मध्यपूर्वमा शक्तिशाली मिसाइल र रकेटमार्फत आक्रमण गर्ने योजना बनाइरहेको छ।’ यसमा थप भनिएको थियो, ‘इरान समर्थित सयौं लडाकूहरूले इराकको अलअसाद एयरबेसमा आक्रमण गर्न खोजिरहेका छन् ।’ यो सूचना आएलगत्तै ह्वाइट हाउसले इराकमा रहेका अमेरिकी सैनिक अड्डाहरूको लागि प्रारम्भिक सतर्कतासहितको चेतावनी जारी गरेको थियो । इरानी आक्रमणको बीचमा ह्वाइट हाउसमा फेरि गप्तचर एजेन्सीहरुद्वारा एउटा राहत दिने खालको सन्देश प्राप्त भयो ।

यो समाचारले राष्ट्रपति ट्रम्पले फेरि एकपटक लामो सास फेरे । त्यो सन्देशमा भनिएको थियो, ‘इरानले आफ्नो सेनालाई अमेरिकी सैनिक अड्डा र नागरिकलाई लक्षित नगर्न सन्देश पठाएको छ ।’ यसले राष्ट्रपति ट्रम्पलाई निकै ठूलो राहत मिलेको थियो । त्यो सन्देशले उनले एकपटक फेरि दोधारमा उभ्याइदियो । तैपनि अमेरिकी अधिकारीहरुलाई विश्वास लागिरहेको थिएन ।

अमेरिकी अधिकारीहरुले इरानले मिसाइल हमला गरिहाले अमेरिकी सेनाको ठूलो क्षति हुन सक्छ भन्ने आँकलन गरिरहेका थिए । तर अति गोप्य गुप्तचर रिपोर्टबाट उनीहरुमा एउटा झिनो आशाचाहि पलाएको थियो । त्यसले उनीहरुलाई इरानका नेताहरूले मिसाइल हमलाको योजनामा संयमता अप्नाइरहेका छन् कि भन्ने आशा पलाएजस्तो पनि देखिन्थ्यो तर उनीहरुलाई यसमा विश्वास थिएन ।

जतिबेला इरानले मिसाइल आक्रमण गर्दैछ भन्ने निश्चित थियो, त्यसबेला एक हजार अमेरिकी सैनिकहरू मृत्युको मुखमा थिए । गुप्तचरहरुले सन्देश दिएको ३ घण्टापछि इरानी मिसाइल सैनिक अखडामा खस्यो । गुप्तचर एजेन्सीहरुको पछिल्लो रिपोर्टको भ्रम अमेरिकी अधिकारीहरुबाट टुट्यो । आक्रमणमा अल असाद निशानामा परेको थियो । यो क्षेत्रमा करिव एक हजार अमेरिकी सैनिकहरू खटाइएका थिए ।

यदि अमेरिकी सैनिकहरू यस आक्रमणमा मारिए भने यसले ठूलो युद्धको रूप लिन सक्छ भन्ने त्रास फैलिएको थियो । त्यसबेला राष्ट्रपति ट्रम्प आफ्ना सैन्य योजनाकारहरुसँग रणनीति बनाउन व्यस्त थिए ।

इरानले अमेरिकी सेनाहरुमाथि आक्रमण गरेर ठूलै नोक्सान पुर्यायो भने कडा कार्वाहीको तयारीमा उनी जुटिरहेका थिए । उनी त्यसबेला धेरै विकल्पहरुमा छलफल गरेका थिए । इरानले आक्रमण गरेको भन्ने गुप्तचर एजेन्सीको सन्देशलगत्तै ह्वाइट हाउसमा सन्त्रासजस्तै फैलियो । केही बेरपछि आक्रमणमा सेनाको हताहती नभएको रिपोर्टहरु आए । त्यसपछि राष्ट्रपति ट्रम्पले तत्काल बैठकहरूको श्रृङ्खला सुरु गरे ।

राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति रोबर्ट ए ब्रायन र व्हाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार वेस्ट विङको गोप्य बैठक बस्यो ।

आक्रमणको सन्देश पुग्दा राष्ट्रपति ट्रम्प ग्रीसका प्रधानमन्त्रीसँगको बैठकमा भाग लिइरहेका थिए। त्यसलगत्तै राष्ट्रपति ट्रम्प र उपराष्ट्रपतिले डेमोक्र्याटिक र रिपब्लिकन काँग्रेसका नेताहरुसँग कुरा गरे । उनीहरुले ट्रम्पलाई सकभर संकट कम गर्ने प्रयास गर्न आग्रह गरेका थिए । –एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com