ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्व तत्कालका लागि केही मत्थर : इरानको हमलापछि ट्रम्पले थप सैन्य हमलाको संकेत दिएनन् – अमेरिकी मिडिया


एबीसी न्यूज
पुस २४, २०७६ बिहीबार  ११ : १७ बजे


काठमाडौं । अमेरिका र इरानबीच देखिएको द्वन्द्व तत्कालका लागि केही मत्थर हुने देखिएको छ । अमेरिकी जनताको नाममा सम्बोधन गर्र्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले देखिएको समस्याको शान्तिपूर्ण समाधानका लागि आफु तयार रहेको संकेत गरेपछि दुई देशबीचको जारी तनाव कम हुने आँकलन गरिएको हो ।

इराकस्थित अमेरिकी सुरक्षा बेस क्याम्पमा इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले थप आक्रमणको घोषणा गर्ने पूर्वानुमान गरिएको थियो ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले आफु राष्ट्रपति रहेसम्म कुनै पनि हालतमा इरानलाई आणविक हतियारको विकास गर्न नदिने भन्दै इरानमाथि थप आर्थिक प्रतिबन्धको घोषणा गरेका छन् । इरानले गरेको आक्रमणमा अमेरिकाका कुनै पनि सैनिक हताहत नभएको उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले चाहेको खण्डमा इरानलाई समाप्त गर्ने हतियार आफुहरुसँग रहेपनि त्यसलाई उपयोग गर्न नचाहेको उल्लेख गरे ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेना जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको भन्दै इरान पछि हटेको जस्तो देखिएको जुन सबै पक्ष र पुरै विश्वका लागि राम्रो हो भने ।

शान्ति चाहनेहरुसँग अमेरिका शान्तिकै व्यवहार गर्न तयार रहेको उनको भनाइ थियो । इरानी सैन्य कमाण्डर कासिम सुलेमानी हत्यालाई बैध ठहर्याउन पनि राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा कोशिस गरे । उनले सुलेमानीलाई विश्वकै आतंककारी भन्दै उनले आतंककारी सेनालाई तालिम दिने र युद्वमा पठाउने गरेको जिकिर गरे । हमलालगत्तै इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले सैनिक कमान्डर सुलेमानीको हत्याको बदलामा इरानबाट जवाफी कारबाही सकिएको बताएका थिए ।

बेलायती प्रधानमन्त्रीसँग वार्ता

ट्रम्पले बुधबार नै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग कुराकानी गरेका छन् । ह्वाइट हाउसका अनुसार दुवै नेताले मध्यपूर्वको अहिलेको अवस्थाका बारेमा मुल्यांकन गरेका थिए ।

दुवै देशबीच राष्ट्रिय सुरक्षाको हितमा ध्यान दिँदै मिलेर काम गर्ने बारेमा सहमति भएको छ ।  बेलायतका विदेशमन्त्रीले पनि अमेरिकी विदेशमन्त्रीसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।

ट्रम्पको सम्बोधनलाई अमेरिकी मिडियाले के भने?

ट्रम्पको सम्बोधनलाई अमेरिकी मिडियाले विभिन्न हिसाबले कभर गरेका छन् । जस्तो न्यूयोर्क टाइम्सले शीर्षक दिएको छ–‘इरानसँग थप सैन्य संघर्षबाट पछि हटे ट्रम्प ।’

वाशिङटन पोस्टको शीर्षक छ–‘ट्रम्पले भने इरानको मिसाइल हमलामा कुनै अमेरिकी नागरिक हताहत भएनन् ।’ 

वाल स्ट्रिट जर्नलको शीर्षक छ– ‘इरानको हमलापछि ट्रम्पले थप सैन्य हमलाको संकेत दिएनन् ।’

गालामा थप्पड : खामेनेई 

उता इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेइले अमेरिकी सैन्य अखडामा इरानको हमला अमेरिकाको गालामा थप्पड भएको जनाएका छन् । खामेनेईले मध्यपूर्वबाट अमेरिकी सेनालाई फिर्ता गर्नु जरुरी रहेकोसमेत बताएका छन् ।

एक हप्ताको उतारचढाव

इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी आक्रमणमा शुक्रबार मृत्यु भएको बदलामा इरानले बुधबार इराकस्थित अमेरिकी बेसमा मिसाइल प्रहार गरेको थियो ।

यो हमलामा कुनै अमेरिकी वा इराकी सैनिक मारिएका छैनन् । अब यसबारेमा बहस भइरहेको छ कि इरान जानीबुझी आफ्नो आक्रमणमा अमेरिकी सेना नपरुन भन्ने चाहन्थ्यो वा अरु नै केही हो ?  अमेरिका र युरोपका सरकारी सूत्रले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार उनीहरुलाई विश्वास छ कि इरानले जानीबुझी यस्तो गरेको हो । उनीहरुका अनुसार इरान समश्या नियन्त्रण भन्दा बाहिर जाओस् भन्ने चाहँदैन ।

सीएनएनका पत्रकार जेन टैपरले पेन्टागनको एक सूत्रलाई उद्धृत गर्दै इरानले बुधबारको आक्रमणमा जानी बुझी यस्तो टार्गेट छानेको जनाएका छन् । जसले गर्दा नै नोक्सानी नभएको उनले जनाएका छन् ।

बीबीसीका रक्षा संवाददाता जोनाथन मार्कसका अनुसार अझै पनि इरानले जानीबुझी यस्तो गरेको हो वा उसँग मिसाइल कम थियो त्यो भन्न सकिने अवस्था छैन ।

मार्कसका अनुसार सेटलाइट तस्बिरले अमेरिकी बेसमा केही भवनमा नोक्सान पुगेको छ । तर, यो सबै कुनै रणनीतिअनुसार पनि हुन सक्छ र कुनै संयोग मात्रै पनि हुन सक्छ ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com