ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको निर्देशनमा सिरहामा कम्बल बितरण


एबीसी न्यूज

लहान, २३ पुस  ।   प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा न्यानो लुगा वितरण अभियान अन्तर्गत सिरहाका सबै नगरपालिका र गाउँपालिकामा प्रहरीप्रशासनको अगुवाईमा कम्बल वितरण भईरहेको छ ।

सिरहा जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको अगुवाईमा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा प्रसाद चतुर्वेदी , शसस्त्र प्रहरी वल ७ नम्बर गण सिरहाका एसपी प्रविण कँडेल , राष्ट्यि अनुसन्धान सिरहाका प्रमुख रमेश चन्द्र यादवले सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा संयुक्त रुपमा कम्बल वितरण गरिरहेका छन् ।

सिरहा कारागारका ४ सय ९९ कैदिबन्दिलाई कम्बल वितरण गरेका प्रहरीप्रशासनको यो समूहले पुष २१ गते सिरहा नगरपालिका ९ का ३ सय ५१ दलित तथा गरिव विपन्नहरुलाई पनि कम्बल वितरण गरेको थियो ।

सिडियो अधिकारीले सिरहाका सबै प्रहरी कार्यालयहरुमा कम्बल राखिएको बताउँदै असाह्य , गरिव, बिपन्न दलित परिवारले सम्बन्धित प्रहरी चौकीमा सम्पर्क गरेर कम्बल लैजान सक्ने जानकारी दिए ।

पत्रकारितामा समेत सक्रिय रैथाने एकता परिषद्का संयोजक सन्तोष बराइलीले प्रहरीप्रशासको न्यानो लुगा बितरण अभियान प्रशंसायोग्य भएको बताउँदै भने , यो अभियान चलाउन निर्देशन दिनुहुने प्रधानमन्त्री ओलीलाई प्रदेश २ का सम्पुर्ण रैथाने समुदायको तर्फबाट बिशेष धन्यवाद दिन चहान्छु । तराई मधेशमा रैथाने समुदायको हकअधिकार खोसिएको भन्दै रैथाने समुदायको हकअधिकार सुनिस्चितताको माग गर्दै ४ बर्ष अघि रैथाने एकता परिषद घोषणा गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com