ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेका मापदण्डविपरीतका क्रसर–खानी बन्द गर्न निर्देशन


एबीसी न्यूज


काठमाडौं, २२ पुस। पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ ।

जिल्लास्तरीय अनुगमन समितिले अनुगमनका क्रममा पुण्यमाता खोला र पनौती सडकसँग जोडिएको उक्त क्रसर उद्योग तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । उद्योगमा मौज्दात सामग्री बिक्री गर्न तथा तत्काल हटाई उद्योग बन्द गर्न उद्योग सञ्चालक शेषनारायण सुवाललाई निर्देशन दिइएको जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जानकारी दिनुभयोे ।
“अघिल्लो वर्षको अनुगमनपछि चैतमै हटाउन भनिएको थियो, उक्त उद्योगले अटेर गरेका कारण तीन दिनभित्र बन्द गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो ।

नमोबुद्ध नगरपालिका–४ स्थित पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी विसं २०६१ देखि सञ्चलित खानी, ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले विसं २०६५ देखि रोशी गाउँपालिका–७ मा बिनादर्ता सञ्चालन खानी, नमोबुद्ध नपा–६ मा रहेको ब्लुसाइमन रोडा–ढुङ्गा उद्योग प्रालिले विसं २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी सञ्चालन गर्दै आएको पाइएको अनुगमन समितिले जनाएको छ । समितिले ती उद्योगलाई तीन दिनभित्र जिल्ला समन्वय समितिमा कागजात ल्याउन निर्देशन समेत दिएको छ ।

न्यूनतम मापदण्डसमेत पूरा नगरेका क्रसर तथा खानी बन्द गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुगमनपछि छानबिन गरी न्यूनतम मापदण्ड नपुगेका क्रसर उद्योग तथा खानी बन्द गर्न निर्देशन दिनेछौँ ।” प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेल अनुगमनका क्रममा बिनादर्ता सञ्चालित अवैध खानी बन्द गर्न आफ्ना मातहतका निकायलाई निर्देशन दिएको बताउनुभयो ।

अनुगमनका क्रममा सम्झौता विपरित बालुवा उत्खनन गरिएको, अधिकांश क्रसर नदीसँगै, नदी र राजमार्गको बीचमा, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा धुनेको स्वीकृत लिएर क्रसर चलाइएको, केही क्रसर उद्योगले सार्वजनिक जमीन मिचेको तथा क्रसर उद्योगले ‘डष्ट’लाई खोला, नदीमा हाल्ने गरेकोसमेत पाइएको छ । “सार्वजनिक जग्गा मिचेकाको तत्काल पुनःअनुगमन तथा छानबिन हुन्छ”, जिसस प्रमुख केसीले भन्नुभयो । उहाँका अनुसार ठकेदार कम्पनीले उत्खनन क्षेत्रमा उत्खननको समय, परिमाण तथा सम्पर्क व्यक्तिको विवरणसहितको होर्डिङबोर्ड राख्नुपर्ने नीति बनाइए पनि अधिकांशले राखेका छैनन् ।

गत वर्षको अनुगमनले काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसर मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको प्रतिवेदन सार्वजनिक गरेको थियो । काभ्रेपलाञ्चोकमा २३ ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com