ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जातिय छुवाछुत र विभेदको अन्त्य गर्न सरकार जिम्मेवार नभएको दलित सांसदहरुको आरोप ( भिडियोसहित)


एबीसी न्यूज
पुस २१, २०७६ सोमबार  ११ : ५४ बजे

काठमाडौं, २१ पुस  । दलित समुदायको प्रतिनिधित्व गर्ने सांसदहरुले विभेद र जातिय छुवाछुतको अन्त्य गर्न सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । संविधान र कानुनले समेत विभेद र छुवाछुतको अन्त्य गरेको भएपनि व्यवहारतः त्यसो हुन नसकेको भन्दै सरकारलाई यसबारे गम्भिरता देखाउन सुझाएका छन् ।

देशमा गणतन्त्र आयो, नयाँ संविधान बनेर संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको राज्य प्रणाली स्थापना भयो तर राज्यबाट उपेक्षित दलित समुदायको मुद्धा ज्युँको त्यूँ रहेको छ । काननु र संविधानले जातिय छुवाछुतलाई मान्यता दिदैँन । कानुन र संविधानका अक्षरलाई हेर्ने हो भने नेपालमा सबै जातजाति समान छन् । तर व्यवहारत्ः मुलुकबाट न त छुवाछुतको अन्त्य हुन सकेको छ ।

न त अन्य सामाजिक विभेद र तिरस्कारहरुको नै अन्त्य हुन सकेको छ । यस्तो अवस्थामा दलित समुदायका अगुवा नेताहरु नै विभेदमुक्त समाज निर्माण भइनसकेको स्वीकार गर्छन् । दलित समुदायको प्रतिनिधित्व गर्दै संसदमा पुगेका नेताहरुले समुदायको हितको निम्ति प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको सर्वसाधारणको गुनासो छ । नीति निर्माण, कानुन निर्माणको तहमा दलितको मुद्धा सशक्त ढंगले पुग्न नसकेको गुनासो पनि सरोकारवालाले गर्दै आएका छन् । तर दलित समुदायको अगुवा भने समुदायको हितको निम्ति आफुहरु दिलो ज्यानले निरन्तर लागिरहेको जिकिर गर्छन् कांग्रेस सांसद मानबहादुर विश्वकर्मा ।

सांसदहरुलाई आरोप छ, दलितको मुद्धामा सदनमा कम बोलेको । दलितको हक अधिकारको लागि नलडेको । विभेदमुक्त समाज निर्माणमा नीति, निर्माणको काममा बसेर पनि प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको । आज नेपालको दलित समुदायको हालत आर्थिक, सामाजिक, राजनीतिक रुपमा हिजोको राज्य व्यवस्था जुन रुपमा थियो त्यहि रुपमा छ । कुनै परिवर्तन हुन सकेको छैन । दलितको मुख्य समस्या, भुमि, आवास र आर्थिक रहेकोले त्यस सवालमा निरन्तर संसदबाट आवाज उठाइरहेको सांसद आशा कुमारी बि.क. बताउँछिन् ।

यता, दलितको सवाल ससदबाट उठिरहेको नेकपाका सांसद छविलाल बिश्वकर्मा पनि बताउँछन् । यद्यपी जुन रुपमा उठ्नुपर्ने त्यो रुपमा नउठेको उनको स्वीकारोक्ति छ । सदनको साथै सडक आन्दोदलन पनि आवश्यक रहेको उनको तर्क छ । तीनै तहको सरकारले दलित समस्या समाधानका विषय समेट्नुपर्ने उनको माग छ ।

दलितमाथि हुने विभेदको समस्या अझै घटेको छैन । विभिन्न सामाजिक उत्पिडनका घटना अझै पनि भैरहेका छन् । नीतिगत रुपमा त्यसको हल गर्न सांसदहरुको सशक्त भुमिका हुनैपर्छ । विभेदमुक्त समाज निर्माणमा र राज्यको हरेक निकायमा दलितको प्रतिनिधित्व पुराउन राजनीतिक रुपमा लड्न सबै दलित सांसदहरु यो त्यो पार्टी नभनी एकजुट भएर लाग्नु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com