ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मापदण्ड विपरीत बालगृह, छ महिनामा ८० बालबालिकाको उद्धार


एबीसी न्यूज
पुस १९, २०७६ शनिबार  ८ : ५३ बजे


काठमाडौं, १९ पुस । राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो । परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला समाज काठमाडौँबाट ती बालबालिकाको उद्धार गरेको हो । आर्थिक वर्ष २०७४/०७५ मा ९ बालगृहबाट १४७ बालबालिकाको उद्धार गरिएको थियो । विसं २०६९ देखि लागू गरिएको मापदण्डमा आवासीय बालगृह बालबालिकाको हेरचारको अन्तिम उपाय सुनिश्चित गरिनुपर्ने, बालगृहमा भर्ना गरिने बालबालिकाको पूर्ण परिचय खुल्ने व्यक्तिगत विवरण तयार गर्नुपर्ने र बालबालिकालाई बालगृहमा भर्ना गर्ने बित्तिकै आवास, पोशाक र भोजनको व्यवस्था गर्नुपर्नेलगायतका मापदण्ड राखिएको छ ।

विसं २०७६ असार मसान्तसम्ममा ४६ जिल्लामा ५३३ बालगृह छन । ती बालगृहमा १५ हजार ५६५ बालबालिका संरक्षित छन् । अनाथ बालबालिकाको संरक्षणका लागि स्थापना गरिएका अधिकांश आवासीय बालगृह तथा संस्था धार्मिक प्रभावबाट प्रेरित रहेको पाइएको छ । परिषद्का अनुसार २७ जिल्लाका १४७ धार्मिक सङ्घसंस्थामा छ हजार ६८६ ९पाँच हजार २३४ बालक र एक हजार ४५२ बालिका० बालबालिका आवासीय छन् ।

पचहत्तर जिल्लामध्ये ४५ जिल्लाबाट प्राप्त तथ्याङ्कअनुसार झापा, प्यूठान, पाँचथर, धादिङ, दैलेख, ओखलढुङ्गा, कञ्चनपुर, भोजपुर, मुगु, स्याङ्जा, भक्तपुर, इलाम, मकवानपुर, हुम्ला र काठमाडौँलगायतका २७ जिल्लाका धार्मिक सङ्घसंस्थामा बालबालिका आवासीय छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com