ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाही र रौतहटका किसान काठमाडौंमा : उखुको बक्यौता नतिर्ने उद्योगी पक्राउ गर्न पत्राचार


एबीसी न्यूज
पुस १४, २०७६ सोमबार  ९ : २५ बजे

काठमाडौं, १४ पुस । आफूले बेचेको उखुको भुक्तानी माग गर्दै उखु किसान यतिखेर राजधानीमा आइ आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखी भुक्तानी नपाएका कारण काठमाडौंमा नै आएर किसानहरुले आन्दोलन थालेका हुन् । सर्लाही र रौतहटका किसानले लामो समयदेखि नै भुक्तानी नपाएका कारण काठमाडौं माईतीघरमा आएर आन्दोलन गरेका हुन् । सरकारले उखुको मूल्य त तोक्यो तर किसानले विगत चार वर्षदेखि आफ्नो भुक्तानी पाउन सकेका छ्रैनन् । आपूmहरु सडकमा उत्रिन बाध्य भएको किसानहरुले बताएका छन् ।

सर्लाही धनपुरका बिन्देश्वर रायले तीन वर्षदेखि भुक्तानी नपाएको बताउनुभयो उहाले १० लाख अन्नपूर्ण सुगर मिलबाट लिन बाँकी रहेको छ ।

१० लाखको लागि कयौं पटक सुगर मिल सञ्चालक भेट्न गए तर कहिले भेट्न समेत नपाएको गुनासो उहाँको छ । उखु खेती गरेर जिविकोपार्जन गर्दै आएका उखु किसानहरुको दैनिकी चलाउन समेत मुश्किल परेको यसरी गुनासो गर्छन् ।

एकातिर परिवार नै कसरी चलाउने भन्ने चिन्ता थपिएको छ भने अर्कोतिर अब खेती कसरी भन्ने चिन्ता पनि उत्तिकै छ । यस्तै सर्लाहीकै अर्का किसान हुन राजेश यादव, जसले उखुको भुक्तानी लिनको लागि प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी उपरिक्षकसँगै बसेर १० औं पटक वार्तामा बसेका छन् ।

तर दुई वर्षदेखि उनले १० लाख भुक्तानी पाउन सकेका छैनन् । सर्लाही कै अर्का किसान अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिलसँग ७२ सालदेखि ९ लाख लिन बाँकी रहेको बताउँछन् । ४५ दिन भित्रै रकम उपलब्ध गराउने भन्दै सहमति पनि नभएको होइन तर ४५ दिनमा उखु त लगे तर भुक्तानी भने पाएनन् । त्यसपश्चात उनले ऋण गरेर उखु लगाए तर अहिलेसम्म भुक्तानी पाएका छैैनन् ।

अर्का रौतहटका किसान सुरेन्द्र राय यादवको पनि समस्या उस्तै छ । उनले ७२ सालदेखि भुक्तानी पाएका छैनन् । उखु किसान संघर्ष समितिका अनुसार १५ सय बढि किसानले विगत ३र४ वर्षदेखी भुक्तानी पाएका छैनन् ।

अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले ४२ लाख क्विन्टलसम्म उखु लिएका छन् । जसको भुुक्तानी ७१ करोड बढि रहेको समितिका संयोजक राजेश मिश्र बताउँछन् ।

सरकारले मूल्य निर्धारण गरेको छ । तर उद्योगले भने आफुखुसी मुल्य निर्धारण गर्दै उखु किसानबाट खरिद गरेका छन् । यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको बक्यौता नतिर्ने उद्योगीहरुलाई पक्राउ गर्न गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्त्रायले रौतहटको अन्नपूर्ण चिनी मिल, महालक्ष्मी सुगर मिल र सर्लाहीको लुम्बिनी चिनी मिलका संचालकलाई सम्पर्कमा ल्याउन गृहसंग पत्राचार गरेको सहसचिव दिनेश भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com