ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थापाथलीको खाद्य गोदाममा भेटियो कुहिएको चामल


एबीसी न्यूज
पुस १३, २०७६ आईतबार  ३ : १० बजे

काठमाडौं, १३  पुस । काठमाडौँ रहेको सरकारी गोदाममा साढे ३८ लाखको मूल्य बराबरको बासमती चामल कुहीएको अबस्थामा फेला परेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय काठमाडौंको गोदाममा पाँच वर्षअघि धनुषाका किसानबाट किनेको ४८ हजार सात सय किलो बासमती चामल कुहिएको अवस्थामा फेला परेको हो ।

अनुगमनको क्रममा थापाथलीको गोदाम नं २४ तीन सय २३ क्विन्टल र गोदाम नं ३० मा एक सय ६४ क्विन्टल बासमती चामल कुहिएको अबस्थामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

अहिले बजारमा बासमती चामलको मूल्य प्रतिकिलो रु ७९ छ । सो मूल्य अनुसार उक्त चामलको मूल्य ३८ लाख ४७ हजार ३ सय रुपैयाँ पर्छ ।
सो चामल पाँच वर्षअघि काठमाडौंका उपभोक्तालाई लक्ष्य गरेर जनकपुरबाट कुटेर ल्याइएको भएपनि त्यो बेला बिक्री नभएको र अहिले कुहिएको खाद्यको अञ्चल कार्यालय थापाथलीका प्रबन्धक रणबहादुर बुढाथोकीले बताउनुभयो। चामलमा चिलेसा परेको, किरा स्पष्ट देखिएको, किराले चामल धूलो बनाएको र रङ परिवर्तन भएर खैरो भएकोले खान अयोग्य रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com