काठमाडौं, १३ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। आइतबार बिहान ९ बजेबाट सुरु भएको बैठकमा प्रदेश न। ३ को राजधानी र नाम टुंगो लगाउने विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोतका अनुसार सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने सम्बन्धमा पनि निर्णय गर्ने छ। सभामुख को हुने ? भन्ने टुङ्गो नहुँदा पुस १६ गते बस्ने गरी प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको थियो। त्यस्तै सचिवालय बैठकले केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेन्डा तय पनि गर्ने छ। अघिल्लो साता सकिएको नेकपा स्थायी कमिटी बैठकले पुस २३ गतेका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो।








प्रतिक्रिया दिनुहोस्