ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिक्रियावादीहरुले सरकारविरुद्ध गलत प्रचार गरे – प्रधानमन्त्री ओली


एबीसी न्यूज

काठमाडौं, १२ पुस ।    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुले सरकारका विरुद्ध गोयबल्स शैलीमा प्रचार गरिरहेका बताउनुभयो । आज नेकपानिकट प्रेस संगठनको राष्ट्रिय भेलामा उहाले सरकारले गरेका राम्रा कामको प्रचार नभएको भन्दै तर प्रतिक्रियावादीहरुले सरकारविरुद्ध गलत प्रचार गर्न सक्रिय रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भने, ‘विरोधीले सामाजिक संजालबाट सरकारविरुद्ध हल्ला फिँजाए ।

’ गोकर्ण रिसोर्टको भाडा सम्झौताको अवधि हचुवाको भरमा नथपिएको जिकिर गर्दै उहाँले विज्ञबाट अध्ययन भएर सुझाव आएको आधारमा सम्झौताको अवधि थप भएको बताउनुभयो । यती समूहअन्तर्गतको भाडा सम्झौता गर्ने कम्पनीले सरकारलाई आकर्षक कर तिर्ने बताएको पनि बताउनुभयो। समय अगाबै गोकर्ण रिसोर्टको भाडा सम्झौताको समय थप्नुको कारण पूर्वाधार निर्माणका लागि हो भन्दै प्रधानमन्त्री ओलीले सम्झौता गरेर बैंकबाट ऋण लिएर पूर्वाधार बनाउनका लागि भाडा सम्झौता गरेको बताउनुभयो।

साथै, उहाले यती समूहलाई कालिमाटीको जग्गा लिजमा दिने काङ्ग्रेस हो भन्दै सिंहदरबार अगाडी अग्लो भवन पनि काङ्ग्रेसले नै बनाउन दिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले अब कोशी र गण्डकीमा गङ्गा नदीबाट पानी जहाज आउने बताउँदै १५० किलोमिटर कुँदेर पानी जहाज नेपाल आउने बताउनुभयो । ‘हाम्रा विरोधीलाई नदिमा पानी जहाज चल्छ भन्ने पनि थाहा रहेनछ’, उहाँले भन्नुभयो । साथै, छ खर्बमा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल बन्ने र दैलेखमा इन्धन उत्खनन् हुने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com