ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागूऔषधको जालो भत्काउदै प्रहरी


एबीसी न्यूज

सिरहा, ११ पुस । सिरहामा लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सखुवानानकरकट्टी गाउँपालिका–१ महुवाही बस्ने २२ वर्षीय मोहन राय, लहान नगरपालिका–१ बस्ने २६ वर्षीय मुकेश चौधरी, सोही ठाउँका १६ वर्षीय कमलेश चौधरी र लहान नगरपालिका–१५ बस्ने १७ वर्षीय प्रेम कुमार चौधरी छन् ।

सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीमा बुधबार प्रहरी चौकी कचनारी सिरहाबाट खटेको गस्ती टोली र सिरहाको लहान नगरपालिका–१ मुसहरी टोल स्थित इलाका प्रहरी कार्यालय लहानबाट बुधबार खटेको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स.४ प.६३२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा रायको साथबाट लागुऔषध नाईट्रोभेट ७५ पिस ट्याबलेट, मुकेश चौधरी, कमलेश चौधरी र प्रेम कुमार चौधरीको साथबाट लागुऔषध फेनेरागन ५ एम्पुल, डाईजेल्याप ६ एम्पुल, नोर्फिन २ एम्पुल, नाम लेबुल नभएको लागुऔषध ५ एम्पुल, नाईट्राजिपाम १० ट्यावलेट, सिरिन्च थान २ बरामद भएको सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा थप अनुसन्धान भइरहेको चतुर्बेदीले जनाएको छ । त्यसैगरि लहान प्रहरीले गत शनिबार राति ८ः३० बजे लहान नगरपालिका–४ मा आकस्मिक चेकजाँच गर्दै गर्दा पैदल यात्रुको रुपमा रहेका एक युवकको गतिविधि शङ्कास्पद देख्यो । अर्नमा गाउँपालिका–४ बस्ने २५ वर्षीय अजय चौधरीलाई सामान्य रुपमा गरेको खानतलासीमै प्रहरीले ११० मिलिग्राम ब्राउन सुगर बरामद ग¥यो ।

अनुसन्धानकै क्रममा अजयले उक्त ब्राउन सुगर आफ्नो साथी लहान–४ बस्ने २४ वर्षीय रञ्जित यादवबाट खरीद गरेको भन्ने कुरा खोले । लगत्तै प्रहरीले रञ्जित यादवको घरमा खानतलासी ग¥यो । रञ्जित यादवको घरबाट प्रहरीले ब्राउन सुगर ३५० ग्राम, नोर्फिन एक एम्पुल, डाइजोपाम एक एम्पुल, फेनारगन एक एम्पुल, नाइट्रोभेट एक ट्याब्लेट बरामद ग¥यो ।

सिरहा जिल्लामा ब्राउन सुगर जस्तो गम्भीर किसिमको लागूऔषधको कारोबार गर्दै गर्दाको अवस्थामा त्यससँग संलग्न व्यक्ति पक्राऊ परेको यो पहिलो होइन, यसभन्दा अघि गोलबजारमा कारोबार गर्दै गर्दा र भण्डारण गरेको अवस्थामै पक्राउ हुनेमा कैयौं छन् । सिरहा प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा १६ ग्राम ३७ मिलिग्रामसम्म ब्राउन सुगर फेला पारिसकेको छ ।

ब्राउन सुगर मात्र होइन, सीमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याइने विभिन्न किसिमका लागूऔषध र नेपालबाट भारततर्फ पैठारी हुने गाँजाको ओसारपोसारमा संलग्नलाई सिरहा प्रहरीले लगभग दिनहुँ पक्राउ गरिरहेको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा सिरहा प्रहरीले चार हजार ३३ थान विभिन्न प्रकारका लागूऔषध र यसमा संलग्न ८५ जनालाई लागूऔषध कारोबारीमा मुद्दा चलाइसकेको छ ।

सिरहामा नेपाल–भारत सीमा जोड्ने जयनगर, पिपराही, लदनियाँ, लोकहालगायतका नाकामा पुगेर लागूऔषध सेवन र खरिद गरी ल्याउने युवाजमात बढ्दो छ । प्रहरीले सीमा नाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्षित गरेर चेकजाँच गर्दा अधिकांश युवाको साथबाट केही न केही मात्रामा लागूऔषधका सामग्रीहरु फेला पर्ने गरेको बताइन्छ ।

लागूऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् । पक्राउ पर्ने प्रयोगकर्ताहरु अभिभावकको निगरानीमा नभएका युवा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीको भनाइ छ ।

‘अभिभावकका निगरानी बाहिर रहेकाहरु लागूऔषधको कुलतमा फसेको देखिन्छन्’, सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चतुर्वेदीले भन्नुभयो–‘पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको वहकाउमा परेर दुव्र्यसनीमा फसेको देखिन्छन् ।’
‘छोरालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्ना बच्चा दुव्र्यसनमा लागेको पत्याउँदैन’, उहाँले भन्नुभयो– ‘लागूऔषधको दुव्र्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र घर परिवार आफैं सचेत हुनुपर्ने हुनुपर्छ ।’

गाँजा फडानी अभियान तीब्र
सिरहा प्रहरीले चालु आर्थिक वर्षमा लागूऔषधमा मात्र होइन, चुरे क्षेत्र र ग्रामीण भित्री भागमा समेत लुकाइछिपाइ रोपाईं गरिने गाँजाको खेतीलाई समेत नष्ट गर्ने अभियानलाई अघि बढाएको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तको अवधिसम्म सिरहा प्रहरीले विभिन्न स्थानबाट गरी एक लाख पाँच हजार १९ वटा गाँजाको बोट नष्ट गरेको छ ।

‘यहाँ भित्र्याइने लागूऔषधका सामग्रीहरु भारतबाट चोरीछुपी ल्याइने गरिन्छ भने गाँजाको खेती नेपाली भूमिमा नै गरिने हुँदा लागूऔषधको नियन्त्रणको साथसाथै गाँजाको खेती नष्ट गर्ने अभियान समेत हामीले सँगसँगै थालनी गरेका छौं’, प्रउ चतुर्वेदीले भन्नुभयो–‘भारतबाट भित्रिने लागूऔषध र यहाँ खेती लगाइने गाँजा दुबै देशका साझा समस्या भएकाले यसको निराकरणका लागि साझा अभियान पनि चाल्नु आवश्यक छ ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, चालु आर्थिक वर्षको हालको समयसम्म २९ विगाहा पाँच कठ्ठा १७ धुर जग्गाबाट एक लाख पाँच हजार १९ वटा गाँजाको बोट नष्ट गरिएको छ । सिरहा प्रहरीले गत आर्थिक वर्षमा तीन विगाहा १९ कठ्ठा जग्गाबाट ३३ हजार ७३० वटा गाँजाको वोट नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com