ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूलाई बलि चढाइँदैछ यसरी थाहापाईन युवतीले ( यस्तो थियो बलि चढाउन नाटक)


एबीसी न्यूज
पुस ९, २०७६ बुधबार  ३ : १८ बजे

काठमाडौं । पछिल्लो समय नेपालमा सामाजिक संजालको प्रयोग गरेर त, कतै जागिरको प्रलोभन देखाएर , कतै धर्मको नाममा , अनि कतै प्रेमको नाटक गरेर । आपराधिक समूहहरु भिन्न रुपले सक्रिय हुन थालेपछि प्रहरीलाई अनुसन्धान गर्नमा समेत चुनौती थपिएको छ ।

हो एक नेपाली युवतीलाई भारतीय एक धार्मिक गुरुको आश्रममा लगेर बलि दिन लागेको घटनाको पर्दाफास भएको हो ।

भएको के हो
केही समयअघि काठमाडौंमा एक ‘र्‍याम्प शो’ गर्ने भन्दै युवतीको खोजी गरियो । जहाँ उचाई साढे ५ फिटदेखि ६ फिटसम्म भएको युवती खोजी गरिएको थियो । युवती खोजिदिने जिम्मा राजधानीको एक फेसन डिजाइन हाउसले लिएको थियो । र यसको संयोजक थिइन् काठमाडौंकै एक युवती ।

डिजाइन हाउसले युवतीको खोजी सुरु गरेपछि एक युवती डिजाइन हाउसको सम्पर्कमा आइपुगिन् । ती युवतीले ६ महिनादेखि चिन्दै आएकी थिइन् डिजाइन हाउसकी संचालिकालाई । पछि ती दुई जनाबीच भेट्ने कुरा पनि भयो । भेट्न जाँदा डिजाइन हाउसकी संचालिकासँग अन्य ५ जना केटाहरु पनि थिए ।

ती युवती उनीहरुको सम्पर्कमा आइपुगेपछि उनको शरीरको नाप लिइयो । त्यहाँ आउने ५ जना केटामध्ये एकले युवतीको नम्बर माग्यो । युवतीले पनि नम्बर दिइन् । कामको विषयमा फोनमा कुरा हुन्थ्यो ।

गत पुष ३ गते (बिहिबार) राति घरमा खाना खाएर बसिरहेको युवतीलाई एक्कासी त्यो केटाको फोन आयो । त्यो केटाले शंकास्पद ३ प्रश्न गर्यो ।
मासु–रक्सी खान्छौँ कि खान्नौँ ?
महिनावारी भएको छ कि छैन ?
त्यहाँ लड्डु खानुपर्छ खाएपछि बेहोस् हुन्छ ?
‘नेपाल–भारत बोर्डरतिर गएर पूजा गर्नुपर्छ । फेरि त्यस्तो छ भने हाम्रो कुल देवताले मान्नुहुन्न,’ प्रश्नपछि एकाएक युवती झस्किइन् । र सोधिहलिन्, पहिले त पूजा गर्ने कुरा नै आएको थिएन त रु त्यो केटाले जवाफमा भन्छ, “होइन यो सांस्कृतिक कार्यक्रम हो । डकुमेन्ट्री जस्तो बनाउँछु । अनि अर्को देशमा लगेर देखाउने हो । त्यहाँ भारतीय र कोरियाका मान्छेहरु पनि आउँछन् ।” लड्डु खाएपछि पुरै बेहोस हुने कुराले युवती आत्तिइन् र प्रहरीको शरणमा पुगिन् । युवती प्रहरीमा पुगेपछि घटना बाहिरिएको हो ।

युवतीले सबै कुरा बताएपछि रक्सी–मासु नखाएको, महिनावारी नभएको र पूजा गर्नुपर्ने भनेपछि उक्त समूहले युवतीलाई कुल देवताको नाममा बलि दिन लैजान लागेको हुनसक्ने अनुमान प्रहरीले लगायो । त्यसपछि सबै घटनालाई प्रहरीले सुक्ष्म रुपमा हेरेर अनुसन्धान थाल्यो।

कतिपय स्थानमा युवतीसँगै सादा पोशाकका प्रहरी आफन्त बनेर पुगे । प्रहरी स्रोतका अनुसार ती युवती मोडल पनि हुन् ।

उनलाई आफ्नो प्रस्तुती देखाएवापत् उचित पारिश्रमिक दिने भनिएको थियो । आपसी सहमतिमा सबै कुरा मिलिसकेपछि ती युवती विराटनगर जान तयार भइन् । जहाँ सादा पोशाकमा रहेका प्रहरी पनि सँगै थिए । प्रहरीका अनुसार विराटनगर पुगेपछि उनलाई एक धार्मिक आश्रममा लगियो। त्यहाँ पुगेपछि उनलाई विभिन्न धार्मिक बस्त्र पहिर्‍याइयो । उनको खुट्टामा कालो धागो बाँधियो । उनलाई फेरि भारत जानुपर्ने बताइएपछि प्रहरीले सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारत लगेर ती युवतीलाई बलि चढाउने योजना थियो । ती युवती झापाकी हुन् । प्रहरीका अनुसार ६ जनालाई विराटनगरबाट पक्राउ गरिएको थियो भने एकजना काठमाडौँबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैजनालाई काठमाडौँ मङ्गलबार ल्याइएको छ ।

पक्राउ परेकामध्ये २ जना युवती र ५ जना युवक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरिने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com