ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारबाट समाजवादी पार्टीको बहिर्गमन, प्रदेश २ मा पनि सरकार हेरफेर हुने संकेत


एबीसी न्यूज


काठमाडौं,  ८  पुस ।  संविधान संशोधनको मागसहित सरकारमा सामेल भएको १९ महिनापछि समाजवादी पार्टीले सरकार छोडेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग संविधान संशोधन गर्ने सहमति गर्दै गएको २०७५ जेठमा सरकारमा सामेल भएको समाजवादी पार्टी १९ महिनापछि सरकार छाडेको हो । सरकारमा सहभागी हुँदाका बेला आफूहरुसँग गरिएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री उदासिन भएपछि बाध्य भएर सरकारबाट बाहिरिने निर्णय गरिएको पार्टीले जनाएको छ ।

तत्कालीन समाजवादी फोरम नेपालका अध्यक्ष रहनुभएका उपेन्द्र यादवको नेतृत्वमा पार्टी सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी हुँदा उसले सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो ।

२०७५ जेठ १४ गते भएको सहमतिमा समाजवादी पार्टीले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र नागरिकको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गर्ने उल्लेख थियो । यस्तै सरकारले गर्न सक्ने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गर्ने पनि उल्लेख गरिएको थियो ।

सरकारमै सहभागी भएर सरकारकै विरोध गर्दै हिँडेको भन्दै उपप्रधानमन्त्री यादवलाई प्रधानमन्त्री ओलीले त्यसो नगर्न पटक पटक सचेत पनि गराउनुभएको थियो । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले सार्वजनिक कार्यक्रमहरुमा सरकारको आलोचना गर्दै आउनुभएको थियो ।

एक महिनाअघि गएको मंसिर ३ गते प्रधानमन्त्री ओलीले समाजवादी पार्टीसँग सल्लाह नै नगरी यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा विभागीय जिम्मेवारी हेरफेर गरिदिनुभएको थियो । यस्तै समाजवादी पार्टीबाट नियुक्त भएका राज्यमन्त्री रामकुमारी चौधरीलाई बर्खास्त गर्नु भएको थियो ।

यसैबीचमा गएको पुस २ गते सत्तारुढ दल नेकपाले विपक्षी दल राष्ट्रिय जनता पार्टीसँग राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने दुई बुँदे सम्झौता गरेसँगै समाजवादी पार्टी सशंकित बनेको थियो ।

सत्तासहयात्री दललाई पाखा लगाउँदै विपक्षी दलसँग सम्झौता गरेपछि समाजवादीलाई झनै सरकार छाड्ने दवाब परेको थियो । सरकारमा सहभागी भएर पनि संविधान संशोधन गराउन नसकेको, आन्दोलनमा उठेका मुद्दालाई भुलेको, पार्टीले मधेसको मागलाई छाड्दै गएको भन्ने आरोप मधेसवादी दललाई लाग्दै आएको थियो ।

यस्तो आरोपलाई गलत देखाउन र फेरि पनि नागरिकसँगै सडकमा जान उपेन्द्र यादवले सरकार छाड्ने अघिल्लो दिन सोमबार संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लिएर जानुभयो ।

तर प्रधानमन्त्रीको असहमतिपछि कानुन मन्त्रीको हैसियतमा यादवले बैठकमा पेश गर्न लगेको संविधान संशोधनको प्रस्ताव पेश नै हुन पाएन । प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नै नहुने भन्ने नभए पनि सबै दलसँगको सहमतिमा प्रस्ताव ल्याउनु पर्नेमा राजनीतिक स्टण्डबाजीका लागि यस्ता प्रस्ताव नल्याउन यादवलाई सचेत गराउनुभएको थियो ।

संविधान संशोधनका लागि सरकारमा गएको तर संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि सरकारमा रहिरहनुको औचित्य नरहेकाले पार्टी सरकारबाट बाहिरिने निर्णयमा पुगेको पार्टीका उपाध्यक्ष रकम चेम्जोङले बताउनुभयो ।

सरकारमा सहभागी भएको १९ महिना बित्दा पनि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति उदासीन बनेको र प्रस्ताव लैजाँदा पनि बैठकमै पेश हुन नदिएपछि बाध्य भएर सरकार छाड्न परेको उहाँले बताउनुभयो ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै अब के हुन्छ भन्ने चासो उब्जिएको छ । सत्तारुढ दलसँग बहुमत रहेकाले समाजवादी पार्टी सरकारबाट बारिए पनि सत्ता समिकरणमा कुनै असर पर्दैन ।

सरकारबाट बाहिरिएको समाजवादीलाई प्रदेश २ मा पनि धक्का पुग्न सक्ने विश्लेषण कतिपयको छ । प्रदेश २ मा अहिले समाजवादी नेतृत्वमा राजपासहितको गठबन्धन सरकार छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com