ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पासवर्डको दुरूपयोग : सोनिया गान्धीको ट्वीट प्रधानमन्त्री ओलीबाट रिट्वीट


एबीसी न्यूज
पुस ५, २०७६ शनिबार  १२ : ०८ बजे

काठमाडौं, ५ पुस । भारतीय प्रमुख प्रतिपक्षी दल कांग्रेस अध्यक्ष सोनिया गान्धीको भिडियोलाई प्रधानमन्त्री ओलीको भेरिफाइड ‘ट्वीटर’ ह्याण्डलबाट ‘रिट्वीट’ भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टिकरण दिनुभएको छ ।

कांग्रेस अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रिट्वीट भएको देखिन आएको भन्दै थापाले पासवर्डको दुरुपयोग गरी यस्तो गरिएको हुनसक्ने उल्लेख गर्नुभएको हो ।

पासवर्ड दुरुपयोगको आशंकामा छानविन भइरहेको र कुनै पनि प्रकारको गलतफहमिमा नपर्न समेत थापाले आफ्नो ट्वीटमार्फत आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको भेरिफाइड ट्वीटर ह्याण्डलबाट रिट्वीट भएको गान्धीको भिडियो सन्देशमा भाजपा सरकारले जनताको आवाज सुन्नुपर्ने उल्लेख छ । भिडियोमा गान्धीले अधिकारका लागि संघर्षमा उत्रिएका जनतालाई आफ्नो साथ रहेकोसमेत बताउनुभएको छ ।

प्रेस संयोजक थापाको ट्वीट यस्तो छ स

‘सम्माननीय प्रधानमन्त्रीज्यूको ट्वीटर बाट अन्यथा देखिन आएको छ। पासवर्डको दुरूपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ । तसर्थ कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले रिट्वीटलाई अन्यथा भएको र सामान्य रुपमा लिन बताउनुभए पनि सामाजिक सन्जालमा यो विषयको चर्चा बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com