ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु


एबीसी न्यूज
पुस ४, २०७६ शुक्रबार  ४ : ३० बजे

ललितपुर । तत्कालीन नेकपाका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा शुक्रबारबाट ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

नागदह तेक्वान्दो डोजाङले ललितपुरको धापाखेलमा आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन खानेपानी मन्त्री बिना मगरले एक समारोहका बीच गर्नुभयो । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान गर्ने भएकाले राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
‘राष्ट्रको नाम र इज्जत बढाउने क्षेत्र भनेकै खेलकुद हो ।’ उहाँले सम्बोधनमा भन्नुभयो, ‘खेलकुदले खेलाडीलाई अनुशासित हुन मात्रै सिकाउँदैन । राष्ट्रको पहिचानमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले खेल क्षेत्रमा लगानी बढाउनु जरुरी छ ।’
नेपालमा सक्षम र क्षमतावान् खेलाडी उत्पादन गर्नका लागि यस्ता खेलकुदका कार्यक्रमहरु निरन्तर गरिनुपर्ने बताउँदै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा खेलकुद क्षेत्रले पनि उत्तिकै भूमिका खेल्ने धारणा राख्नुभयो । ‘राष्ट्रका हरेक युवाहरुलाई खेलकुदमा सहभागी गराउनुपर्दछ ।’ उहाँले जोड दिंदै भन्नुभयो, ‘खेलकुदले अनुशासित गराउँदै युवाहरुलाई अघि बढ्ने क्षमताको विकास गर्दछ ।’
नेपाल तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले हालै नेपालमा सम्पन्न साग खेलकुदमा नेपालले गरेको प्रगति यस्तै प्रतियोगिताहरुबाट सम्भव भएको बताउनुभयो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता हासिल गर्नका लागि पनि स्थानीय स्तरबाटै खेलाडीहरुलाई हौसला प्रदान गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष महर्जनले बताउनुभयो ।
शुक्रबारबाट प्रारम्भ भएको ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । काठमाडौं उपत्यका बाहेक देशका विभिन्न १५ जिल्लाहरुबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडीहरु मध्ये प्रथम हुनेले पचास हजार, दोस्रो हुनेले तीस हजार र तेस्रो हुनेले बीस हजार नगद रकम प्राप्त गर्ने आयोजक समूहका कार्यक्रम संयोजक कविराज मालीले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जनही ५–५ हजार रुपैयाँका दरले नगद पुरस्कार दिईने मालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com