ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दार्चुलाको व्यास क्षेत्रमा बन्ने भयो सुरक्षा पोस्ट, पोष्ट निर्माणका लागि ११ करोड रुपैयाँ बजेट उपलब्ध


एबीसी न्यूज
पुस ४, २०७६ शुक्रबार  १२ : ०० बजे

काठमाडौं, ४ पुस । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुको गागा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापनाका लागि नौ महिनापछि टुंगो लागेको छ ।

मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बीओपी स्थापनाका लागि जिल्लास्तरबाट सिफारिस भई प्रस्तावित गरेको जमिन दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

गत चैत महिनाको पहिलो हप्ता जिल्लास्तरबाट जमिन व्यवस्थापनको प्रक्रिया अघि बढाइएको थियो । जिल्लास्थित सरोकारवाला निकाय र व्यासका स्थानीय बासिन्दासँगको छलफलपछि छाङरुको गागाक्षेत्रमा १५ रोपनी सरकारी जमिन सुरक्षा पोस्ट स्थापनाका लागि उपयुक्त हुने निस्कर्ष निकालिएको थियो ।

नौ महिनासम्म वन मन्त्रालयको सहमति चाहिने भन्दै जमिन व्यवस्थापनको फाइल गृह मन्त्रालयमै अडकाइएको थियो । प्रस्तावित ‘जमिन क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने’ बहाना देखाउदै पोस्ट स्थापनाको फाइल त्यतिकै थन्क्याइएको थियो ।

मन्त्रिपरिषद्ले दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरीको पोस्ट राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले ‘दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ लगायत सीमावर्ती क्षेत्रमा सुरक्षा पोस्ट राखिने’ निर्णय भएको जानकारी दिनुभयो । यसबाट ‘सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने’ उहाँको भनाइ छ । व्यास क्षेत्रमा सुरक्षा पोस्ट स्थापनाका लागि गत साउनमै दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मलाई १ करोड बजेट निकासा प्राप्त भएको गुल्मपति डम्बरवहादुर विष्टले बताउनुभयो । ‘हालै नेपाल सरकारबाट जमिन व्यवस्थापनबारे निर्णय भएको छ, अब पूर्वाधार निर्माणको प्रक्रिया अघि बढ्छ’, गुल्मपति विष्टले भन्नुभयो ।

जमिनको टुंगो लगाउन र सुरक्षा पोस्ट स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंसिर २० गते गृह मन्त्रालयलाई निर्णयार्थ पत्राचार गर्नुभएको थियो । गृह सचिव प्रेमकुमार राइले मंसिर २२ गते जमिन र बजेट व्यवस्थापनको विषयमा प्रस्ताव गरेका थिए । मन्त्री रामबहादुर थापाले मंसिर २२ गते नै मन्त्रिपरिषदमा यससम्बन्धी प्रस्ताव पेश गर्ने निर्णय गर्नुभएको थियो ।

सुरक्षा पोस्टका लागि जग्गा दर्ताको स्वीकृतिका साथै बजेट व्यवस्थापनसम्बन्धी पनि मन्त्रिपरिषद्ले निर्णय गरेको सशस्त्र प्रहरीका ५० नम्बर गुल्मपति डम्बरबहादुर विष्टले बताउनुभयो । मंसिर २३ गते नै मुख्य सचिव लोकदर्शन रेग्मीले गृह सचिवलाई पत्राचार गरी निर्णयबारे जानकारी गराएका थिए । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न, गराउन मुख्यसचिवले गृह सचिवलाई पत्रमा उल्लेख गरेका छन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयलाई पनि मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदै कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

लामो समयसम्म सुरक्षा पोस्ट स्थापनाको विषयले गति नलिएपछि केही हप्ताअघि प्रतिनिधिसभा सदस्य ठगुन्नाले प्रधानमन्त्रीलाई नै सम्बोधन गरी लिखित पत्राचार गर्नुभएको थियो । सरकारले व्यासमा सुरक्षा पोष्ट निर्माणका लागि ११ करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ । मंसिर २३ गतेको मन्त्रिपरिषद् बैठकले जमिन दर्ताको स्वीकृतिसँगै सुरक्षा पोष्टको भौतिक पूर्वाधार निर्माण गर्न ‘११ करोडसम्मको बजेट अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत उपलब्ध गराउन व्यवस्था मिलाउने’ निर्णय गरेको छ ।

सुरक्षा पोस्ट निर्माणका लागि १५ रोपनी सरकारी जमिन सशस्त्र प्रहरीको नाममा दर्ता गर्ने निर्णयसँगै बजेटको निर्णय पनि गरिएको छ । सशस्त्र प्रहरीको हेडक्वार्टरले १४ करोड ६ लाख १४ हजार १ सय ७० रुपैयाँ सुरक्षा पोस्ट स्थापनाका लागि बजेट मागेको थियो । गृह सचिव प्रेमकुमार राइले भने ११ करोड बजेट व्यवस्थापनका लागि प्रस्ताव गर्नु भएको थियो ।

‘मन्त्रिपरिषद्ले ११ करोडसम्मको बजेट व्यवस्था गर्ने’ निर्णय गरेको छ । आवश्यकताअनुसार बजेट थपघट हुने सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति डीएसपी डम्बरबहादुर विष्टले बताउनुभयो । ‘हामीलाई १ करोड बजेट त प्राप्त भइसकेको छ, निर्माण कार्य अगाडि बढेपछि आवश्यकताअनुसार बजेट प्राप्त भइहाल्छ’, गुल्मपति विष्टले भन्नुभयो ।

ठेक्का प्रक्रियामार्फत सुरक्षा पोष्टको भौतिक संरचना निर्माण गरिने उहाँले बताउनुभयो । ‘यसका लागि प्राविधिक तयारी थाल्छौँ र माथिल्लो निकायबाट स्वीकृति लिन्छौ’, डीएसपी विष्टले भन्नुभयो । सशस्त्रको सुरक्षा पोस्टअन्तर्गत एक सयजनाको जनशक्तिका लागि आवाशीय भवन बनाउने प्रस्ताव छ ।

ब्यारेक भवन, खाद्यान्न भण्डार, घेरपर्खाल, सुरक्षा निगरानी पोष्ट, प्रवेशद्वार र प्रतिक्षालयको संरचना बनाइने छ । यसैगरी, जमिन संरक्षण, जेनरेटर खरिद, सौर्य प्रणाली जडानको कार्य पनि गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com