ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेहुलीलाई घरमा प्रवेश गराए र कमल किन गए प्रहरी हिरासतमा, कारण यस्तो!!


एबीसी न्यूज

 

विराटनगर, २ पुस । ।  धरान उपमहानगरपालिका –१५ का २१ वर्षीय कमल धमला (विक) बिहेको अघिल्लो दिन पक्राउ परे । प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ता उनी शनिबार सीमावर्ती जोगवनी पुगे । त्यहाँ लागूऔषध सेवन मात्र गरेनन्, घरका लागि भन्दै लिएर आए ।

जोगबनीबाट फर्किँदै गर्दा बाटोमा पक्राउ परे । उनको साथबाट ७ एम्पुल लुपिजेसिक,७–७ पिस एभिल र डाइजोपाम बरामद भएको प्रहरीले जनाएको छ । कमल अबेरसम्म घर नआएपछि खोजी सुरु भयो । त्यसक्रममा घर परिवारका सदस्यले इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको सूचना पाए । भोलि विहान बेहुली लिन धनकुटाको महालक्ष्मी नगरपालिका जानु पर्ने बेहुला आफैं प्रहरी हिरासतमा परेपछि पर्‍यो फसाद ।

बेहुला लागूऔषधमा पक्राउ परेको खबर युवतीको घरसम्म पुग्यो । तर प्रेम सम्बन्धमा रहेकी युवतीले विवाह इन्कार गरिनन् ।

आइतबार बिहान धनकुटा जाने जन्ती बेहुला लिन विराटनगर आयो । जिल्ला प्रहरी कार्यालय मोरङले आमाको जमानीमा दुईजना प्रहरी साथमा लगाएर बेहुलालाई लैजान अनुमति दियो । बिहे सम्पन्न भयो । कमलले सोमबार विहान बेहुलीलाई घरमा प्रवेश गराए । घरमा विवाह उत्सव चलिरहेको थियो, तर नवदुलाह त्यहाँ बसिरहन पाएनन् । आफन्तले टीका लगाइदिएपछि बेहुलासँगै जन्ती गएका प्रहरीले कमललाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।

उनलाई मंगलबार लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु थालिएको प्रहरीले जनाएको छ ।

धरानको रत्नरोडमा सुन पसल गर्दै आएका कमल परिवारको जेठा छोरा हुन् । एक वर्ष अघि बुबाको मृत्यु भएपछि उनले लागूऔषध सेवन गर्न थालेको बताइएको छ । तर उनले भने आफूलाई फसाउन अरु कसैले लागूऔषध राखिदिएको बयान प्रहरीसामू दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com