ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय


एबीसी न्यूज
पुस १, २०७६ मंगलबार  १ : ३२ बजे

काठमाडौं, १ पुस । पाकिस्तानको लाहौर उच्च अदालतले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ।

देश द्रोहको अभियोगमा अदालतले उनलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो। मुशर्रफ अहिले पाकिस्तानमा छैनन् । उनले अहिले दुबईमा उपचार गरिरहेका छन् । केही दिनअघि उनले एक भिडियो सन्देश जारी गरेर आफ्नो स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै आफ्नो अवस्था बारे जानकारी लिन अनुसन्धान आयोगसँग आग्रह गरेका थिए ।

संविधानको अपहेलना र गम्भीर देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘यो आरोप पूर्ण रुपले निराधार हो । देशद्रोहको कुरा छोडौँ, मैले यो देशको निकै सेवा गरेको छु, युद्ध लडेको छु । र १० वर्षसम्म देशको सेवा गरेँ ।’ लाहौर उच्चअदालतका तीन न्यायाधीशको बेन्चले बहुमतका आधारमा उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

भिडियोमा उनले संधिवानको अपहेलना सम्बन्धी मुद्दामा आफ्नो सुनुवाई नभएको बताएका थिए । उनले भनेका थिए, ‘मेरा वकिल सलमान सफदरलाई समेत अदालतले सुनेको छैन । मेरो विचारमा यो ज्यादती हो र मलाई न्याय भएको छैन ।’ इस्लामावादको विशेष अदालतले सन् २०१४ मार्च ३१ मा देशद्रोहको एक मुद्दामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

पाकिस्तानको इतिहासमा उनी पहिलो व्यक्ति हुन्, जसमाथि संविधानको अपहेलना गरेको मुद्दा लाग्यो । सन् २०१३ मा भएको चुनावमा जित निकालेपछि पाकिस्तान मुस्लिम लिग ९नवाज०० सत्तामा आयो । सत्तामा आएपछि पूर्व सैनिक राष्ट्रपति परवेज मुशर्रफ विरुद्ध संविधानको अपहेलना सम्बन्धी मुद्दा नवाज सरिफ सरकारले दायर गरेको हो ।

मुशर्रफविरुद्ध गम्भीर देश द्रोहको मुद्दामा सुनुवाई गर्ने विशेष अदालतका प्रमुख चार पटक फेरिएका थिए । मुशर्रफ एकपटक मात्रै विशेष अदालत पुगेका थिए । सन् २०१६ मा स्वास्थ्यको कारण देखाउँदै विदेश गए । तत्कालीन सत्ताधारी पार्टी मुस्लिम लिग (नून) ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो । त्यसपछि उनलाई देश छोडेर जाने अनुमति दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com