
काठमाडौं, १२ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राख्नेलाई धन्यवाद दिनुभएको छ ।
उहाँले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी गराउँदै आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र सुभेच्छा प्रकट गर्नेलाई ट्वीटरमार्फत धन्यवाद दिनुभएको हो । उहाँले राप्रपाका अध्यक्ष कमल थापालगायत अन्यलाई मेन्सन गरेर नै धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्