काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार हुँदै गएको छ ।
उहाँको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बुधबार रातभर ओलीको स्वास्थ्य थप सुधार हुँदै गएको र आज उहाँलाई ठोस खानेकुरा खुवाउने तयारी भएको छ । बुधबार डायलासिस गरिएका प्रधानमन्त्री ओलीलाई आज केहीबेर हिँडाउने तयारी पनि रहेको अस्पताल स्रोतले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्