ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुलाकी सडकको पुल निर्माणमा गुणस्तर हिन सामाग्री प्रयोग सडक बन्दै, अर्कोतीर भत्किदै


एबीसी न्यूज
मंसिर ११, २०७६ बुधबार  ८ : ४० बजे


सिरहा, ११ मंसिर । हुलाकी सडकको पुल निमार्ण कम्पनीहरूले गुणस्तर हिन सामग्री प्रयोग गरि पुल निमार्ण गरि रहेको छ । सिरहामा रहेको कमलादेखि बलानसम्मको हुलाकी सडकमा अपग्रेडिँगको काममा व्यापक लापरवाही भइरहेको खुलासा भएको छ ।

सडक अपग्रेडिँगको लागि स्वच्छद रोशन महादेव खिम्ती प्रालिले रु १३ अर्व ५३ करोड २२ हजार ७० रकममा निर्माणको लागि ठेक्का लिएको

छ ।
ठेक्का बमोजिम काम नगरेको स्थानीय विवेक यादवले भने हिलोकिचरसहितको ढलान गर्दा पुल कमजोर बन्दै गएको छ । चाहेको मात्रामा सिमेन्ट प्रयोग नगरिएकोले निर्माण कार्य कमजोर रहेको गुनासो गरेको छ । योसँगै ईटाको ठाउँमा ढुंगा प्रयोग गरिएकोले एकतीर निर्माण कार्य भइरहेको छ भने अर्कोतीर भत्किन थालेको अवस्था छ ।

हुलाकी सडकको वरियारपट्टी स्थित निर्माण सम्पन्न नहुँदै वाल भत्किन थालेको स्थानीय सुनिल साहले भने गुणस्तरहीन समाग्री प्रयोग गरेर कन्ट्रक्शनले विकास निर्माण कार्यलाई प्रभावित बनाइरहेको छ ।

औरहीको दरहैया स्थित हुलाकी सडकमा पुल निर्माण गर्दा कमसल समाग्रीको कारण पुलमाथीको वाल भत्किन थालेको छ । सडक निर्माणको बेला समय समयमा पानीको फोहोरा हाल्नुपर्ने तर वेवस्ता गरी काम गर्दा धुलोले स्थानीय प्रभावित बनेको छ ।
यसवारे निर्माण कार्यका ठेकेदार अच्युत राउतले भने यो काम विना इस्टिमेटकै भइरहेको छ । हामी डिजाइन अनुसार काम गर्छु । जहाँ भत्किएको छ, त्यहाँ हामी फेरी बनाउँने काम गर्ने योजनामा रहेको उनले दावी गरे ।


काम कम भुक्तानी बढी

हुलाकी सडक अन्तगर्त सिरहाको नवराजपुर गापा ४ स्थित कल्याद खोलामा निर्माण भइरहेको पुलको लागत चार करोड ६४ लाख १० हजार ८ सय ६० रुपैयाँको रहेको छ । सो ठेका सूर्य विकास जेभी कन्ट्रक्शन लहान सिरहाले लिएको छ भने अहिलेसम्म एउटा पिलर मात्र खडा गरिएको छ ।

जसमा ५० लाख जतिको काम भएको अनुमान गरिएको छ । जहाँ ठेकेदारले १ करोड १५ लाख भुक्तानी पाइसकेको छ । काम भन्दा बढी रकम निकासा गरेकोले निर्माण कार्य यत्तिबेला रोकिएको स्थानीय रविन यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ, आशंका नगरौँ : संयोजक शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com