
काठमाडौँ, १ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेर फर्किनु भएको छ ।
मंगलबारबिहान पेट दुखेपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न दाहाल आजै साँझ अस्पताल जानुभएको थियो ।
स्रोतका अनुसार प्रचण्डलाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारे चिकित्सकहरुले ब्रिफिङ गरेका थिए। शल्यक्रिया पछि प्रधानमन्त्रीको अवस्था स्थिर रहेको र उहाँ स्वास्थ्यलाभका लागि केही दिन अस्पतालमा राखिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्