
काठमाडौं, १० मंसिर । आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिसको अपरेशनपछि आइसियुमा सारिएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपरेसन गरिएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन मंगलबार मध्याह्न १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको छ । प्रधानमन्त्रीलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको चिकित्सकले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. रमेशसिंह भण्डारीको टोलीले प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेसन गर्नुभएको थियो ।
सोमबार रातभर पेट दुखेर पखाला लागेपछि ओलीलाई उपचारका लागि मंगलबार बिहान भर्ना गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्