ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ : नेकपाको निर्वाचन क्षेत्र लक्षित घरदैलो


एबीसी न्यूज
मंसिर ९, २०७६ सोमबार  ११ : १६ बजे


पोखरा, ९ मंसिर । कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी गतिविधि तीव्र बनाएको छ । यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन् । पोखरा महानगरका ११ वटै वडाका टोलटोलमा गठित निर्वाचन परिचालन कमिटीले चुनाव लक्षित कार्यक्रमअन्तर्गत महिला ¥याली, युवा मार्चपास, अन्तरक्रिया, घरदैलो, तथा कोणसभा आयोजना गर्दै आएका छन् ।

नेकपाका उम्मेदवार विद्या भट्टराईलाई विजयी तुल्याउन ११ वटै वडामा खटाइएको चुनावी कमाण्डरसहित केन्द्रीय, प्रदेश, स्थानीयस्तरका नेता तथा कार्यकर्ता परिचालित भइरहेको पार्टी जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन कमिटी संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।

जनतासँग पार्टी र सरकारले गरेका भौतिक विकाससँगै समृद्धिको अभियानलाई चुनाव लक्षित कार्यक्रमको माध्यमबाट जनताको घरदैलोमा सन्देश पुगेको बताउँदै उहाँले अबका कार्यक्रम मत संरक्षण र मतदाता शिक्षामा केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

पोखरा–१६ मा आज उम्मेदवारसहितको घरदैलो कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक तथा महिला, युवालगायत मतदाताले भट्टराई अधिकारीलाई चुनाव जितेर मुलुकको उच्च पदमा पुग्ने विश्वासका साथ आशिर्वाद दिएका थिए ।

नेकपा कस्की नं २ की उम्मेदवार भट्टराईले घरदैलोपश्चात् आयोजित कोषणसभामा विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले कसैप्रति आक्षेप नलगाउने बताउँदै उहाँले अर्मला भन्ने ठाउँमा प्रतिपक्षी दल नेपाली काँग्रेसले पैmलाएका भ्रममा जनताले विश्वास नगर्ने बताउनुभयो ।

नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानका अभियानकर्मी स्व रवीन्द्र अधिकारीले शुरु गरेका अधुरा सपना पूरा गर्ने जिम्मेवारीसहित पार्टीले आफूलाई उम्मेदवार बनाएको स्पष्ट पार्दै उहाँले पोखराको समग्र विकासका लागि सारथी बन्ने प्रतिबद्धासमेत व्यक्त गर्नुभयो ।

“विश्वासले संसार जितिन्छ”, उहाँले भन्नुभयो, “जोसुकैले जस्तोसुकै अफवाह फैलाए पनि जनता जनार्दन हुन्, आफैँ सत्य छुट्याउन सक्षम छन् ।” कोणसभामा नेकपा नेता मीना गुरुङ, विनय थापा, तेजबहादुर गुरुङ, गोमा गौतम, मातृशिशु अस्पतालका उषा बरुवाल, लक्ष्मीनारायण आमा समूहका अध्यक्ष सपना जिसीलगायतले नेकपा विकासको संवाहक भएको बताउनुभयो ।

पोखरा महानगरपालिकाको उत्तरी र दक्षिण भेगलाई जोडेको वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडालाई समेटेको निर्वाचन क्षेत्रमा कूल ७१ हजार ८७१ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

बजारमा मूल्यवृद्धि किन ? माधव तिमिल्सिना , अध्यक्ष ,उपभोक्ता अधिकार अनुसन्धान मञ्च , भिडियो

सम्बन्धित

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com