ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के तपाई मह काढ्दै हुनुहुन्छ होसियार : गाउँपालिकाले गर्यो यस्तो व्यवस्था


एबीसी न्यूज
मंसिर ८, २०७६ आईतबार  १ : २१ बजे


खोटाङ, ९ मङ्सिर । केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो ।

गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर माहुरीको मह स्थानी केही व्यक्तिको समूहले मनपरी तरिकाले काढेर निकासी गर्न थालेपछि गाउँ कार्यपालिकाको बैठक बसेर नियन्त्रण गर्दै संरक्षण गर्ने अभियान शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।

“सामुदायिक र सार्वजनिकस्थलमा हुने भिर माहुरीको महबाट निश्चित व्यक्तिले मात्र फाइदा लिने र लापरवाही गरेर मह काढ्दा माहुरी नै लोप हुने अवस्था आएको छ”, उहाँले भन्नुभयो, “अनुमति लिएर माहुरी काढ्दा संरक्षणमा समेत सहयोग पुग्ने भएकाले मिति तोकेर भिर माहुरीको मह काढ्ने व्यवस्था गरिएको हो ।”

गाउँपालिकाले गरेको निर्णयअनुसार मङ्सिर १५ देखि २५ गतेभित्र र जेठ १५ देखि २५ गतेभित्र भीर माहुरीको मह काढ्ने मिति तोकिएको छ । तोकिएको मितिमा माहुरी नमर्ने गरी मह काढ्न सबैलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले गरेको निर्णयअनुसार आगामी दिनमा मह काढ्ने व्यक्ति तथा समूहले सम्बन्धित वडालाई खबर गर्नुपर्छ अनि वडाले गाउँपालिकालाई सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । “भीर माहुरी र मह काढेको हेर्न इच्छुकका लागि गाउँपालिकाले प्रचारप्रसारसमेत गर्नेछ”, गाउँपालिका प्रमुख राईले भन्नुभयो, “यसले गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकाको बाक्सिला, फेदी, दिप्सुङ र सुङ्देलका ठूला भीरहरुमा लामो समयदेखि भीर माहुरी बस्ने गरेको छ । वर्षमा दुई पटक मङ्सिर र जेठमा काढ्न मिल्ने भीर माहुरीको मह सो क्षेत्रबाट वार्षिक रुपमा लाखौँ मूल्य बराबरको निकासी हुने गरेको स्थानीयवासीले बताएका छन् ।

परम्परागत प्रविधि अपनाएर काढ्दै आएको भीर माहुरीको मह यस वर्षबाट आधुनिक प्रविधि अपनाएर काढ्ने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ । मह काढ्ने मुख्य व्यक्तिले सुरक्षा पेटी (बेल्ट)समेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले आगामी दिनमा सुरक्षा बेल्ट तथा प्यारासुट (डोरी) को व्यवस्था गाउँपालिकाले मिलाउने जनाइएको छ ।

उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्रमा पर्ने सो गाउँपालिका भीर माहुरीको मह उत्पादनका लागि प्रचुर सम्भावना भएको क्षेत्रमा पर्दछ । गाउँपालिकामा उत्पादन हुने महलाई व्यवस्थित तरिकाले निकाल्ने र प्रशोधन गरेर अन्यत्र निर्यात गर्ने योजना बनाइएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन हुने भीर माहुरीको महबाहिर निर्यात गर्दा वडा र गाउँपालिकाको राजश्व सङ्कलनमा समेत सहयोग पुग्ने देखिन्छ । उक्त चार वडालाई आगामी वर्ष भिर माहुरीको पकेट क्षेत्र घेषणा गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

केपिलासगढी गाउँपालिका प्राकृतिक स्रोत र साधनले भरिपूर्ण गाउँपालिकाले भएकाले प्राकृतिक पर्यटनका रुपमा विकास गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य राजन राईले बताउनुभयो । “यो गाउँपालिकामा भीर माहुरी, असला माछा, रेड पान्डालगायत लोपोन्मुख जीवजन्तुसमेत प्रत्यक्ष हेर्न पाइन्छ”, स्थानीयवासीसमेत रहनुभएका सदस्य राईले भन्नुभयो, “यसलाई प्रवद्र्धन गर्दै प्राकृतिक पर्यटनका रुपमा विकास गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको छु ।”

प्रदेशसभा सदस्य राईले आफ्नो चुनावी घोषणापत्रमा समेत उक्त क्षेत्रलाई प्राकृतिक पर्यटन विकासका रुपमा विकास गर्ने उल्लेख गर्नुभएको थियो । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका राईले आफ्नो क्षेत्रमा रहेको प्राकृतिक स्रोत र साधनलाई संरक्षण गर्न स्थानीयवासीलाई समेत अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

बजारमा मूल्यवृद्धि किन ? माधव तिमिल्सिना , अध्यक्ष ,उपभोक्ता अधिकार अनुसन्धान मञ्च , भिडियो

सम्बन्धित

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com