ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तराखण्डका मुख्यमन्त्रीले भने : कालापानी भारतकै हो, भारतकै रहन्छ


एबीसी न्यूज

काठमाडौं, ३ मंसिर । पछिल्लो समय निकै चा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाली भूमी कालापानीबाट भारतीय सेना हट्न दिएको अभिव्यक्तिबारे भारतीय नेताहरुले जवाफ फर्काउन थालेका छन् ।

राष्ट्रिय युवा संघको भेलामा प्रधानमन्त्री ओलीले भारतीय सेना कालापानीबाट हटून भनेर दिएको कडा अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथै प्रकाशित गरेपछि भारतीय नेताहरु पनि जवाफमा उत्रिएका हुन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानीलाई भारतीय भूमि बताउँदै यो भारतमै रहने जिकिर गरेका छन् । कालापानी अतिक्रमणबारेमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ फर्काउँदै उनले कालापानी क्षेत्र भारतकै भूमि रहेको बताएका हुन् ।

मुख्यमन्त्री राउतले अमर उजालासँग कुरा गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, ‘जुन कुरा नेपालले भनिरहेको छ, त्यो एकदमै चिन्ताजनक कुरा हो । कालापानी भारतको भूभाग हो र यो भारतकै भू–भागका रुपमा रहिरहनेछ ।’

भारतीय पक्षले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित कालापानीक्षेत्र आफ्नै भएकाले यसमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै अर्थ नरहेको पनि जिकिर गरेको छ ।

मुख्यमन्त्री सिंहले नेपालका प्रधानमन्त्री केपी ओलीको भनाइबारे आफु जानकार रहेको बताउँदै आफ्नो भूमिबाट सेना हटाउने कुरै नहुने पनि उल्लेख गरेका छन् ।

यसबारेमा थप बोल्दै मुख्यमन्त्रीले वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने पनि उल्लेख गरेका छन् । उनले नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ताबाट समस्याको हल गर्नुपर्ने बताए । उनले नेपालको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै भारतमाथि गरिएको विरोध पनि उचित नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com