ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहार नजिकिंदै जांदा फूलको माग बढ्दै, फूलमा आत्मनिर्भर बन्न वैज्ञानिक फूलखेती आवश्यक (फोटोफिचर)


एबीसी न्यूज
कार्तिक ५, २०७६ मंगलबार  ९ : ३० बजे

काठमाडौं,   ५ कात्तिक ।   हिन्दुहरुको महान् पर्व दशैं, तिहारमा विशेषगरी सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुने गर्छ । यद्दपी फूलको महत्व साँस्कृतिक रुपमा मात्र नभई अन्य क्षेत्रमा पनि विस्तार हुुदै गएको छ । पछिल्लो समय देश फूलमा आत्मनिर्भर बन्दै गएको भएपनि चाडबाडमा हुने बढ्दो मागको समयमा भने आयातको अवस्था उस्तै छ ।

       

तिहारमा विशेषगरी गोेदावरी, सयपत्री र मखमली फूलको अत्याधिक प्रयोग हुने गर्दछ ।

नेपाली बजारमा वर्षेनी १० करोडभन्दा बढी फूल तथा पुष्पजन्य पदार्थको विदेशबाट आयात हुने गरेको छ भने २ करोडको हाराहारीमा मात्रै फूलको निर्यात हुने गरेको छ । पछिल्लो समय ४३ जिल्लामा फूल खेती फष्टाईरहेको नेपाल फ्लोरिकल्चर एशोसियसनको तथ्यांक छ ।

तर पनि व्यवसायिक फूल खेतीबाट किसानहरुको जीवनपार्जन र आर्थिक उकास्न सकिहाल्ने अवस्था अझै निर्माण भएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले फूलमा आत्मनिर्भर बन्न वैज्ञानिक फूल खेतीको आवश्यकता रहेको बताउंछन् ।

नेपाली समाजमा फूलको महत्व साँस्कृतिक विधामा मात्रै नभएर अन्य विधामा समेत विस्तार हुँदै गएको बताउदै मन्त्री खनालले व्यवसायिक एवम् वैज्ञानिक फूल खेतीका लागि आवश्यक भौतिक तथा नीतिगत संरचनालाई सुधार गर्ने विषयमा सरकार तयार रहेको बताउंछन ।

मन्त्री खनालले फूलले सौन्दर्यता र मानव मनलाई लोभ्याउने हुनाले भ्रमण वर्ष २०२० मा पर्यटकको मन लालायित तुल्याउन फूल सौन्दर्यले भूमिका खेल्न सक्ने विश्वास गर्छन् ।

देशमा कृषि तथा फूल सबैखाले खेतीको लागि जमिन अभावको समस्या मुख्य हुँदै गएको छ । यसको साथै, मौसम, पूँजी र सुरक्षित लगानी पनि फूल खेती क्षेत्रको समस्या हुन् । किसान पनि यी सबैखाले समस्यालाई सरकारले सम्बोधन गर्न सकोस् भन्ने अपेक्षा राख्छन् ।

नेपालमा हाल २ अर्बभन्दा बढी रुपैंयाको कारोबार फूल खेती तथा व्यवसाय हुने गर्दछ । फूलखेतीबाट देशैभरमा लगभग ४३ हजार ५ सय जनाले रोजगार पाईरहेका छन् ।

फूलको बढी प्रयोग विभिन्न विधामा शहरी क्षेत्रमा हुने भएकोले अधिकांश फूल व्यवसायीहरुले जग्गा भाडा लिएर काठमाडौंमा फूलको व्यवसाय गरिरहेका छन् ।

यो व्यवसायले चाडवाडको समयमा समेत माग धान्ने अवस्था बनि देशलाई पूर्ण रुपमा फूलमा आत्मनिर्भर बनाउन जरुरी छ ।

फोटो– ध्रुव अधिकारी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com