ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहारको सुरक्षा : जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति


एबीसी न्यूज

काठमाडौं, १ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा जीत–हारको उद्देश्य राखेर खेलिने खेल नियन्त्रणमा सुरक्षा निकायले कठोर नीति अपनाएको छ । चार्डबाड केन्द्रित विशेष सुरक्षा योजनालाई थप कडाइका साथ लागू गर्दै प्रहरीले तिहारमा खेलिने जुवातास, लङ्गुर बुर्जालगायतका गतिविधिले समाजमा विकृति फैलने, आर्थिक विचलन हुने र समाजमा आपराधिक क्रियाकलापलाई बढावा दिने भएकाले यस्ता गतिविधि नियन्त्रणमा सुक्ष्म निगरानी थालेको जनाएको छ ।

सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारलाई अपराधरहित बनाउन घर वरपर कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विकृतिपूर्ण गतिविधिमा प्रहरी कठोर हुने चेतावनी दिनुभयो ।

दशैैँको सुरक्षा योजनाले आपराधिक घटनामा न्यूनीकरण भएको जिकिर गर्दै उहाँले त्यसलाई ध्यानमा राखेर पटाका र जुवातास तथा अन्य विकृति रोक्ने योजना बनाइएको र सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइसकिएको उल्लेख गर्नुभयो । यसपटक यही कात्तिक दोस्रो हप्ता तिहार परेको छ । कात्तिक १२ गते भाइटीका परेको छ । यो अवधिमा सवारीसाधनमा हुने अवरोधलाई समेत ध्यानमा राखेर आवागमन सहज बनाउन प्रहरीले ध्यान केन्द्रित गरेको छ ।

सुरक्षा अधिकारीहरुका अनुसार विगतको भन्दा यसपालिको दशैँ सुरक्षाका दृष्टिले अहिलेसम्म कै उत्कृष्ट भएको छ । दशैँका बेला ठूला दुर्घटना हुन पाएन । “यसपटकको दशैँ घटनारहित भन्दा पनि हुन्छ, छिटफुट घटना भए पनि अप्रिय भएन । तिहारमा भने जुवातास, देउसीभैलो र पटाका पड्काउने क्रम बढी हुन्छ, यो बेला दशैँको सुरक्षा योजनालाई अझै विस्तार गरेर सुरक्षा व्यवस्था चुस्त बनाउँदै छौँ ।” महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबीन्द्र बोगटीले भन्नुभयो ।

जीतहारका उद्देश्यले हुने कुनै पनि अस्वस्थ प्रतिष्पर्धात्मक गतिविधिमा रोक लगाउने उल्लेख गर्दै बोगटीले थप्नुभयो, “पटाकारहित तिहार बनाउनुपर्छ, हामी सबै जुटौँ, प्रहरीले मात्रै सबै सुरक्षा गर्न सक्तैन ।” भर्खरैमात्र काठमाडौँका विभिन्न ठाउँबाट रु २३ लाख नगदसहित २९ जना जुवाडे पक्राउ गरिसकिएको बोगटीले जानकारी दिनुभयो ।

चाडबाडमा हुने सामाजिक विकृति विसङ्गतिसँगै प्रविधिको माध्यमबाट हुने अपराध र अस्वभाविक बैंकिग गतिविधिको पनि नियमित निगरानी भइरहेको प्रहरीले जनाएको छ । प्रनाउ बोगटीले भन्नुभयो, “दशैँमा भन्दा तिहारमा सुरक्षा अझ कडा हुन्छ, घर छाड्नुभयो भने तपाई प्रहरीलाई खबर गर्नुस तपाईंको घरको सुरक्षा प्रहरीले गर्नेछ, अपराधरहित तिहार मनाउन आमनागरिक आआफ्नो ठाउँबाट सचेत हुनुपर्छ ।”

प्रहरी प्रधान कार्यालयका अनुसार राजधानीबाट भित्रिने र बाहिरिने नाकाहरुमा जाँचचौकीलाई अनुगमनमा कडाइ गर्न निर्देशन दिइएको छ । मोटरसाइकल गस्ती र सादा पोशाकमा प्रहरीले नियमित निगरानी गरिरहेको जनाइएको छ । मादकपर्दाथ सेवन गरेर सवारी चलाउने, लेन मिच्ने र शङ्कास्पद गतिविधि हुने सम्भावित क्षेत्रमा ट्राफिक प्रहरीको सक्रियता बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले बताउनुभयो ।

मुख्यगरी दशैँ तिहारको बेलामा जुवातास, मापसे, पटाका, उच्छृङ्खलरुपमा मनाइने देउसीभैलो, र झैझगडाजस्ता अपराध हुने गरेको छ । सांस्कृतिक परम्पराअनुसार चाडबाड मनाउन आग्रह गर्दै महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले अपराधरहित तिहार मनाउनका लागि प्रहरीको प्रयास जारी रहेको र घटना भइहालेमा तत्कालै कारवाहीको दायरामा ल्याउन प्रतिबद्धता जनाउनुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अन्य चाडबाडजस्तै विशेष सुरक्षा रणनीति बनाएर तिहारमा शान्ति सुरक्षा कायम गर्न थालिएको बताउनुभयो । “आवश्यक तयारी भइरहेको छ, तिहार कै लागि सुरक्षा समितिको बैठक बसेर रणनीतिक योजना तयार गर्न लागिएको छ”, दाहालले भन्नुभयो । यसअघि लागुभएको सुरक्षा योजना भने कायमै रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com