ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास्ट्रिक रोग निको बनाउन खाने औषधीमा मानिसमा क्यान्सर बनाउने तत्व (भिडियोसहित)


एबीसी न्यूज


काठमाडौ, ३० असोज  । आम नेपालीको बोलिचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आमनेपालीको रोग भनिन्छ तर कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन् । पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ । तर यहि रोग निको बनाउन खाने औषधीमा मानिसमा क्यान्सर बनाउने तत्व भेटिएको छ ।

ग्यास्ट्रिक रोग निको पार्न बिरामीलाई दिइने रानीटाइडाइन (एसिलक)नामको औषधीमा एन— नाइट्रोसोडिममिथेलमाइन (एनडीएमए) नामक घातक तत्व भेटिएको छ । जुन तत्वले मानिसमा क्यान्सर बनाउछ । यो औषधि सेवन नगरी गरि विकल्पमा अन्य औषध सेवन गर्न औषधि व्यवस्थापन विभागले आग्रह समेत गरेको छ । यसले बिशेषत कलेजोको क्यान्सर र शरीरको अन्य भागमा पनि क्यानसर गराउछ । उक्त औषधीमा खरावी देखिएपछि त्यसको साटोमा अन्य औषधि प्रयोग गर्ने औषधी व्यवस्थापन विभागका प्रमुख नारायण ढकालले बताउछन् ।

ग्याष्ट्रिकको उपचारमा प्रयोग हुने ¥यानिटिडिन समुहको औषधिमा क्यान्सर गराउने तत्व रहेको पाइएको छ । अमेरीकामा भएको इम्प्युरिटी इन्टरनेशनल एजेन्सी अफ रिसर्च अन क्यान्सर ( आइएआरसी)ले केही महिना अघि मात्रै ¥यानिटिडिन औषधिमा क्यान्सरको तत्व रहेको पत्ता लगाएको हो । आइएआरसीले ¥यानिटिडिन औषधिमा थोरै मात्रामा रहेको नाइट्रोसमिन इम्प्युरिटी, एन नाइट्रोसोडि मिथाइलमाइनले क्यान्सर गराउन सक्ने जनाएको छ ।

आइएआरसीले ¥यानिटिडिन समुहको औषधिले क्यान्सर लाग्न सक्ने बताएपछि औषधि व्यवस्था विभागले पनि नेपालका सबै औषधि उत्पादक र आयत कर्ताहरुलाई सचेत गराएको हो । विभागले पत्राचार गर्दै औषधी उत्पादक र आयतकर्तालाई नेपाली बजारमा उत्पादन तथा प्रयोग हुने सो समुहको औषधिमा नाइट्रोसमिन इम्प्युरिटी, एन नाइट्रोसोडि मिथाइलमाइन भए वा नभएको एकिन गर्न निर्देशन दिएको औषधी व्यवस्थापन विभागले जनाएको छ । त्यस औषधीमा मानव जीवनमा असर गर्ने रसायन भेटिएपछि वंगला देश र भारत सरकारले समेत सरोकारवाला निकायलाई सचेत गराएको छन् । एनडीएमएमा क्यान्सरका लागि अनुसन्धान गर्ने अन्तराष्ट्रिय निकाय आइएआरसीले मानवका लागि क्यान्सर हुने तत्व रहेको फेला पारेको हो । भारतमा रानीटिडाइन ट्याबलेट, सुईलगायत विभिन्न बनावटमा पाइन्छ । ‘रानीटिडाइनलाइ सेडियुल एचमा समावेश गरिएको एउटा निर्धारित औषधी (प्रेसक्रिप्सन ड्रग) भएकोले यसलाई दर्ता गरिएका मेडिकल व्याबसायीको प्रेसक्रिप्सन (आरएमपी) को आधारमा मात्र खुद्रा पसलबाट विक्री गर्न सकिने केन्द्रका औषधी महानियन्त्रकद्धारा जारी पत्रमा भनिएको छ ।

बिरामीको सुरक्षा सुनिश्चितताका लागि ती उत्पादन जँच्न यसबारे रानीटिडाइन एपीआई एन्ड फर्मुलेसनको निर्मातालाई जानकारी गराउन प्रदेश र केन्दका औषधि नियन्त्रकहरुलाई अनुरोध गरिएको छ ।

मानव स्वास्थ्य संग सम्बन्धित औषधी जस्तो सम्बेदनशिल बस्तुमा पनि अझै लापरबाहि भइरहेको छ । यो त एउटा नमुना मात्रै हो अझै बिदेशबाट आयतित गुणस्तरीय हिन औषधी मुलकमा भित्रदा आम मानिसले औषधीको रुपमाबिष सेवन गर्न बाध्य छन् । यसबारे सम्बन्धित सरोकारवाला निकायको ध्यान जान जरुरी छ । यस्ता औषधी उत्पादन गर्ने कम्पनी औषधी खरिद गर्ने सप्लार्यस कम्पनीलाई कानुनी दायरमा ल्याउन औषधि व्यवस्थापन विभागले समयमै ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com