ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान (फोटोफिचर)


एबीसी न्यूज

 

काठमाडौं २६ असोज ।  नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङ दुईदिने भ्रमण सकेर उहाँ १ : ३० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई बिदाइ गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीपरिषद्का सदस्यहरुको सहभागिता रहेको थियो ।

राष्ट्रपति सीलाई बिदाइ गर्न सरकारी कर्मचारी, सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो ।

समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ शनिबार साँझ काठमाण्डौ आउनुभएको थियो । राष्ट्रपति सीलाई स्वागत गर्न उहाँका समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रिपरिषद्का सदस्यहरु पनि विमानस्थल पुग्नुभएको थियो ।

राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने नेपाल सरकारले विश्वास लिएको छ । यस अर्थमा पनि सीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो ।

आइतबार बिहान राष्ट्रपति सी र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भयो । भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच १८ ओटा समझदारीपत्र र दुई ओटा ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर भएको छ । यसका साथै स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा समझदारी पत्र आदान प्रदान गरिएको छ ।

समझदारी पत्र आदानप्रदान कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दुवै देशका प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

This image has an empty alt attribute; its file name is top-768x512.jpg

हिजो त्रिभुवन विमानस्थलबाट सिधै होटेल साल्टी पुगेका राष्ट्रपति सी त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुग्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is Pro_Ktm_IMG_56852-576x768.jpg

त्यसपछि शितल निवासबाट होटेल सोल्टी फकेर्कका सीले हिजो प्रतिपक्षीदलका नेता एवं पूवप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी राजनीतिक भेटवार्ता शुरु गर्नुभएको  थियो ।

त्यसपछि विभिन्न राजनीतिक दलका नेताहरु उपेन्द्र यादव, डा. बाबुरमा भट्टराई, महन्थ ठाकुर लगायतलाई भेट दिएपछि सी उनको सम्मानमा राष्ट्रपति भण्डारीद्धारा आयोजित रात्रीभोजमा सरिक भएका थिए ।

This image has an empty alt attribute; its file name is 72528991_412267306131063_2054522040110546944_n.png
This image has an empty alt attribute; its file name is 73100602_500758344111338_26373882336247808_n.png
This image has an empty alt attribute; its file name is 72354802_443555736283687_8535301942274949120_n.png

आज सीले सत्तारुढ दल नेकपा सचिवालय सदस्यहरुसँग सामुहिक भेटवार्ता गरेका छन् । त्यसपछि नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग वान टु वान वार्ता गरेका थिए ।

नेकपा नेताहरूसँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। त्यसपछि द्विपक्षीय वार्ता सम्पन्न गरेर राष्ट्रपति सी आज  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालबाट स्वदेश प्रस्थान गरेका छन् ।

This image has an empty alt attribute; its file name is 72527138_524334391444889_1600097599497437184_n.png
This image has an empty alt attribute; its file name is 72968266_515535495874744_3313028795929198592_n.png
This image has an empty alt attribute; its file name is Pro_Ktm_IMG_55383-768x512.jpg
This image has an empty alt attribute; its file name is 73049723_376765666534701_823454494611210240_n.png

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com