ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसमा रोचक चुनावी प्रतिस्पर्धा


admin

काठमाण्डौं, १६ काक्तिक । कांग्रेस र मधेशी दलबीच गठबन्धन नभएपछि २ नम्बर प्रदेशका ३२ क्षेत्रको निर्वाचन रोचक हुने भएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष पहिलो पटक मधेश आन्दोलनको केन्द्र मानिने सप्तरी २ बाट उमेदवारी दिएका छन् । उनलाई बाम गठवन्धनका पूर्व मन्त्री माओवादी उम्मेदबार उमेश यादव र कांग्रेसका निर्वतमान सांसद सक्कल देव सुकीहारले टक्कर दिंदैछन् । राजपा र फोरमबीच गठवन्धन भएपनि यादवलाई राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले वागी उमेदवारी दिएर थप तनाव दिएका छन् । राजेन्द्र महतोले धनुषा ३ बाट उम्मेदबारी दिएका छन् । उनको कांग्रेसका विमलेन्द्र निधिसंग प्रतिस्पर्धा हुने भएको छ भने वाम गठवन्धनका उमेदबार राम सिंहले समेत थप अप्ठ्यारो पार्ने निश्चि त छ । महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरविरुद्ध सोही पार्टीका नेता निवर्तमान सांसद चन्द्रेश्वर झा बागी उम्मेदवार बनेका छन् । महोत्तरी २ मा राजपाका शरदसिं भण्डारीले उम्मेदबारी दिएका छन् । त्यहां कांग्रेसका किरण यादव र वाम गठवन्धनका उमेदबारले टक्कर दिनेछन् । महोत्तरीको १ मा गिरिराजमणि पोखरेलले बाम गठवन्धनको तर्फबाट उम्मेदबारी दिएका छन् । उनी यसअघि २ वटा चुनावमा विजयी भएको क्षेत्र हो । पूर्व स्वतन्त्र सांसद बबन सिंहलाई फोरमले टिकट नदिएपछि उनी बागी उमेदबारका रुपमा रौतहट १ बाट उमेदबारी दिएका छन् । माअ‍ोवादी मन्त्री प्रभु साह रौतहट ३ बाट उमेदबारी दिएका छन् । उनीसंग कांग्रेसका सुनिल कुमार यादवले प्रतिस्पर्धा गर्दैछन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका झा पुनः स्वतन्त्र उम्मेदवार बनेका हुन । झा केही महिनाअघि मात्र राजपा प्रवेश गरेका थिए । यस्तै राजपाका अनिल झा रौतहट १ बाट चुनाव लड्दैछन भने नेपाली काँग्रेसबाट कृष्णप्रसाद यादव र बाम गठबन्धनका सत्यनारायण भगत प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com