ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना


admin
कार्तिक १४, २०७४ मंगलबार  २ : ४६ बजे

काठमाडौँ, १४ कात्तिक । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज देशको पूर्वी, मध्य र पश्चिमी भेगमा बदलीका साथै केही स्थानमा वर्षात् भएको छ ।

उक्त प्रणालीको प्रभावले देशको अधिकांश भागमा बदली र मध्यका केही र पूर्वी भेगमा वर्षात् भएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम भेगमा तुलनात्मक रुपमा कम प्रभाव छ । बंगलादेश आसपासको न्यूनचापीय क्षेत्रका कारण पूर्वी क्षेत्रमा अझै बढी असर देखिएको तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

उच्च वायुमण्डलमा तीन चार दिनअघिदेखि रहेको न्यूनचापीय क्षेत्र बुधबारदेखि बाहिरिने भए पनि मध्य वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको असरले पहाडी क्षेत्रमा बदली र छिटफुट वर्षात् हुने सम्भावना रहेको मौसमविद् रिमालको भनाइ छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षात् भएपछि केही चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको बितेको २४ घण्टाको विवरणानुसार देशका पूर्वी भेगका अधिकांश स्थानमा वर्षात् भएको छ । धनकुटामा १५ र विराटनगरमा १० र ओखलढुंगामा दुई मिमी वर्षात् भएको छ ।

आज सबैभन्दा कम जुम्ला एक र सबैभन्दा कम भैरहवामा ३२ डिग्री सेल्सियस छ । काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com