कविराज विसी,
काठमाडौं, १० वैशाख । नेकपा एमाले र माओवादीबीच निर्वाचनका सँघारमा तालमेल र पार्टी एकतासम्मको घोषणा भयो । यी दुई वटा पार्टी एक हुनुले राजनीतिक दृष्टिकोणले अन्तराष्टि जगतमा निकै राम्रो शन्देश समेत दिएको छ ।
आजको राजनीतिमा जुन समस्या छ त्यस हिसाबले एकता आवश्यक थियो । त्यसैले फुटले नोक्सान र एकताले बल पुर्याउँछ । एकताले मात्रै प्रतिगामी शक्तिलाई कमजोर बनाउन मद्दत पुग्छ । राष्ट्रवादी शक्तिहरूलाई एकठाउँमा ल्याउन मद्दत पुग्छ । त्यसै अनुरुप निकै लामो संघर्ष पछि आज कम्युनिष्ट पार्टीको स्थापनाको अवशर पारे नेकपाले पार्टी एकताको सम्पुर्ण कार्य सकाएका छन् ।
तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकीकरणका समयमा घोषणा गरे अनुसार पहल थाल्न नसक्दा एकता प्रक्रियाले अन्तिम रूप लिन नसकेको आमकार्यकर्ताको गुनासो रहेको थियो । तर नेपाल कम्यनिष्ट पार्टीको ७०औं स्थापना दिवसको अवसरमा पारेर पार्टीको जिल्ला तहको नेतृत्व घोषणा सभामा बोल्दै पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा हिडेकाहरुको जितको सपना हासिल भएको बताए । जिल्ला पदाधिकारी चयनका सकस पार लगाएपछिको पहिलो खुल्ला कार्यक्रममा ओलीले ‘एक दिन हामी जित्नेछौं’ भन्ने गीत गाउंदै भने, हामी जित्छौं भनेको नेपाली जनताले जित्छ भनेको हो । त्यो जित भएको छ ।’
प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको सरकार हरेक दिन एक कदम अगाडि बढेको बताए । भ्रष्टाचारको सम्बन्धमा कुनै सम्झौता नगर्ने बताउदै उनले भवितव्यले पार्टी एकता नभएको प्रष्ट पारे । उनले ठूलो छलाङको आँट गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डलाई यस कार्यमा निकै चुनौतिका साथ यहा सम्म आईपुगेको उनले धन्यवाद समेत दिए ।
चुनावी तालमेल पार्टी एकतामा परिणत हुँदै देशमा पहिलो पटक दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ । यो एकता दुई दलको एकता मात्र नभई नेपालमा रहेका सत्तरी प्रतिशत नेपाली जनताको मन, भावना र विचारको एकता हो । स्थानीय तहको निवार्चनमा एक आपसमा रस्सा–कस्सी गरेका दुई प्रमुख प्रतिष्पर्धी दल एकाएक संघ र प्रदेशको निवार्चनमा चुनावी सहकार्य गर्ने र पार्टी एकतासम्म पुग्ने कुरा त्यति सहज थिएन ।
तर, त्यो तालमेल सफल मात्र भएन पार्टी एकताका लागि बलियो जग समेत बन्यो । धेरैले धेरै प्रकारका नकारात्मक अड्कल काटेका थिए । संघ–प्रदेशको चुनावी सफलताले सबै नकारात्मक अड्कलवाजीको जवाफ सकारात्मक परिणाममा परिणत भयोे । विहानीले दिनको संकेत गरे झै दुई पार्टीको चुनावी एकताले पार्टी एकताको आधार निमार्ण गर्ने काम गर्यो । परिणामस्वरुप नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक भएर पार्टीको तल्लो तहसम्म एकताको सकारात्मक सन्देश दिन सफल भएका बताउंछन् अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
नेकपाको भावी जीवनका लागि सबैभन्दा महत्पूर्ण पक्ष भनेकै सांगठानिक व्यवस्थापन हो । तत्काल निमार्ण हुने सबै तहका संगठनहरु संक्रमणकालिन भएपनि यी संगठनको व्यवस्थापन र परिचालनले नै नेकपाको भविष्य निर्धारण हुनेछ । झण्डै संघ र प्रदेश सभाको चुनावपछि निस्क्रिय रहेका सबै संगठनहरु अब छिटै सक्रिय हुने दौरानमा छन् । सांगठानिक जिम्मेवारी पाउन, लिन र दिन सबै कार्यकर्ताको प्रतिक्षाको घडि सकिएको छ । निकै चुनौतीकाबीच केही ढिलाई भएपनि जनता सामु गरेको वाचा पुरा गरेको र अव नेपालमा साँस्कृतिक आन्दोलन बांकी रहेको बताए ।
अध्यक्ष प्रचण्डले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई आशंका गर्ने दिन सकिएको बताए । विश्वभर कम्यु्निष्ट पार्टी रक्षात्मक अवस्थामा रहेका बेला नेपालमा भने आफूहरु बलियो ढंगले अघि बढेको प्रचण्डले दाबी गरे । नेपालमा कम्युनिष्ट आन्दोलनले आक्रामक मोर्चाको रुपधारण गरेको भन्दै उनले सामाजिक न्यायसहितको समाजवादतर्फ हामी अघि बढिरहेको बताए ।
प्रचण्डले कम्युनिष्टलाई असफल पार्न अहिले पनि नेपाल नेकपाको कार्यकर्ता पंक्तिमा देखिएको उत्साह मात्र पार्टी निर्माणका निम्ति नभई समग्र मुलुकको निर्माणका निम्ति पनि महत्पूर्ण छ । अब यो एकताको स्प्रीटलाई नेतृत्वले सही ढंगले संस्लेषण गर्दै जनस्तरसम्म पुर्याउनसक्यो भने मात्र नेकपाको भविष्य सुरक्षित हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्