काठमाडौँ, ५ भाद्र । बाँदरको शरीरमा प्रधानमन्त्रीको टाउको राखेको तस्बिर फेसबुकमा सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
पछिल्लो समयमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीका आपत्तिजनक तस्बिर राख्ने, सेयर गर्ने र बिगार्नेहरुमाथि कडा निगरानी राख्ने अपराध अनुसन्धान महाशाखालाई कडा निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस्