काठमाडौँ , ११ बैशाख । डडेल्धुराको साहुखर्कमा बस दुर्घटना भएको छ। धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको हो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरिक्षक नेतृत्वको टोली गएको छ।
स्थानीयले ६ जना को मृत्यु भएको खवर गरेपनि विस्तृत विवरण आउन बाकी छ।
प्रतिक्रिया दिनुहोस्