ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विसंगतीबिरुद्ध गाउने प्रकाशको नयाँ एल्बम डिजिटल स्टोरमा


abc news
फाल्गुन २३, २०७४ बुधबार   ९ : ५१   बजे

युवा गायक प्रकाश न्यौपानेको नयाँ एल्बम फ्युजन डिजिटल स्टोरमा रिलिज भएको छ । विश्वभर गीतसंगित डिजिटल प्रविधिमा गइसकेको र विश्वभर नै गीतहरु डिजिटल स्टोरमा रिलिज हुन थालेको सन्दर्भमा प्रकाशको नयाँ एल्बम पनि आई ट्युन स्टोर, गुगल प्ले, अमेजन र स्पोटीफाईमा रिलिज गरिएको हो ।

आइट्युनमा प्रकाशको गीत सुन्न यहाँ क्लिक गर्नुहोला ।

स्पोटीफाईमा प्रकाशको गीत सुन्न यहाँ क्लिक गर्नुहोला ।

उनका गीतहरु र्याप र हिपहप विधामा रहेका छन् । उनले नेपाली सामाजिक र राजनीतिक बिकृति विसंगतिकाबिरुद्ध पनि गीत गाएका छन् ।

नेपालमा पनि सीडी, भिसिडी वा क्यासेटको प्रयोग हराइसकेकाले व्यवसायिक रुपमा डिजिटल स्टोरमा एल्बम रिलिज गर्ने प्रचलन सुरु भइसकेको छ । त्यो बाहेक युट्युब, फेसबुक जस्ता प्लेटफर्ममार्फत पनि गीत र भिडियोहरु रिलिज हुने गरेका छन् ।

प्रकाशको नयाँ एल्बम फ्युजनमा ७ वटा गीतहरु रहेका छन् । हालसम्म डेढदर्जन भन्दा धेरै गीत गाइसकेका उनको यो दोश्रो एल्बम हो । यसअगाडि सन् २०१६ मा उनको प्रकाश ट्युन्स नामको एल्बम आएको थियो ।

उनका गीतहरु युट्युबमामात्र झण्डै २० लाख पटक हेरिएको छ भने यु गट मी नामको गीत १० लाख भन्दा धेरैपटक हेरिसकिएको छ । १६ बर्षको उमेरदेखि गीत गाउन थालेका २१ बर्षीय गायक प्रकाशका गीतहरु नेपाली युवापुस्तामाझ निकै लोकप्रिय छन् । उनका ९ वटा गीतका भिडियो पनि सार्वजनिक भइसकेका छन् ।

प्रकाशको बारेमा थप जान्न र उनका सबै गीतहरु सुन्न उनको वेवसाइट हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group