काठमाडौं, १६ बैशाख । सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गर्नेमाथि कठोर कदम चालेको छ । बिगतका सरकारले आर्थिक चलखेलका आधारमा कौडीको भाउमा सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिएको पाइएपछि सच्याउँदै पुरानो निर्णय खारेजीको निर्णय लिएको हो ।
यही क्रममा समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क र टुकुचामा विधिसम्मत भाडा नलाएको भन्दै सम्झौता खारेज गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार समाज कल्याण परिषदले यसअघि भएका भाडामा लगाउने सम्पूर्ण प्रकृया खारेज गरेको हो ।
समाज कल्याण परिषद अधिनको जमिन निकै कम मूल्यमा भाडा लगाएको विषयमा विवाद खडा भएपछि छानविन गर्न समिति गठन भएको थियो । समिति भाडामा लगाउने सम्झौता विधिसम्मत नभएको प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषदले खारेज गर्न निर्देशन दिएको हो । सोही निर्देशनको आधारमा फनपार्क र टुकुचाको संझौता खारेज भएका हो ।
प्रतिक्रिया दिनुहोस्