काठमाडौं, १२ बैशाख । एबीसी मिडिया ग्रुपका अध्यक्ष एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेल र चीनको सान्सी प्रान्तका गभर्नर लिउ गुओझोङबीच भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिमण्डलमा रहनुभएका अध्यक्ष कँडेल र गभर्नर लिउबीच आज दिउँसो सियानस्थित सोफिटेल होटलमा भेटवार्ता भएको हो । राष्ट्रपतिको सम्मानमा आयोजना गरिएको दिवा भोजमा भएको साइडलाइन भेटवार्तामा नेपाल र चीनबीच जनस्तरमा रहेको सम्बन्ध सुमधुर गराउने विषयमा छलफल भएको थियो ।
दुई मुलुकबीचको सम्बन्धलाई स्थापित बनाउन नेपाली मिडियाले खेलेको मैत्रिपूर्ण भूमिकाबारे अध्यक्ष कँडेलले जानकारी गराउनुभएको थियो । त्यसअवसरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र नेपालका लागि चीनका राजदूत हुवा यान सीको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्