पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलले आफ्नो दुनो सोझ्याउन डा. गोविन्द केसीको जीवनसँग खेलवाड नगर्ने सुझाव दिएका छन् ।
पोखरा विश्वविद्यालयको १९ औं साधारण सभामा बिहीबार उनले सरकारले चिकित्सकको टोली पठाँउदा केसीको छेउमा पुग्न अवरोध गर्नु राम्रो नभएको बताएका हुन ।
‘केही–केही मानिसहरु गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो रोटी सेक्न खोज्दैछन्’ प्रधानमन्त्री ओलीले भने ।
एउटा जमताले जे भन्यो त्यो सरकारले पत्याइदिनु जायज नभएको भन्दै प्रधानमन्त्री ओलीले भने ‘गोविन्द केसी आफ्नो खुशीमा चलिरहनुभएको छ कि पराधीन हुनुहुन्छ ? बुझ्न सकिएन ।’
प्रतिक्रिया दिनुहोस्