काठमाडौं, ३ साउन । जुम्लामा डा. गोविन्द केसीको अनसन स्थल बाहिर भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी तपन दाहालका अनुसार प्रहरी जवान उपाध्यायको मृत्यु भएको हो ।
अनसनरत डा. केसीलाई काठमाडौँ ल्याउन सरकारको टोली जुम्ला पुगेपछि स्थानीयले गरेको प्रदर्शनका क्रममा भएको झडपमा जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी जवान कमल उपाध्याय घाइते बनेका थिए।
उनको छातीमा गोली लागेको बताइएको छ। प्रहरीले अन्धधुन्ध लाठी चार्ज गर्दा र गोली चलाउँदा प्रहरीलाई नै लाग्न पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते उपाध्यायको जिल्ला अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्