ल्हासा, ९ असार । चिनिया कम्युनिष्ट पार्टीको नेतृत्वमा कुनै समय अति पिछडिएको र जर्जर तिब्बतको आधुनिकिकरण जारी छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही आधुनिक तिब्बतका विभिन्न भौतिक परियोजनाको अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्रीले आज अपरान्ह ल्हासास्थित आधुनिक बस्ती क्षेत्रको अवलोकन गर्नुभएको छ । बिहान पोतला दरबार र जोखाङ गुम्बा र कृषि परियोजना केन्द्रको अवलोकन गर्नुभएका ओलीले अपराह्न ल्हासामै रहेको नयाँ बस्ती क्षेत्रको अवलोकन गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्