नेपाल टेलिकम । राष्ट्रको संचार । नेपालको दूरसंचार क्षेत्रमा सक्रिय सरकारी कम्पनी । देशको सबैभन्दा बढी नाफा गर्ने र कर तिर्ने सरकारी कम्पनी । नेपाल टेलिकममा ९१ दशमलव ५ प्रतिशत सरकारी स्वामित्व रहेको छ भने करिब ८ दशमलव ५ प्रतिशत कर्मचारी र सर्वसाधारण जनताको सेयर रहेको छ ।
सार्वजनिक संस्थानहरुमध्ये निरन्तर नाफामा गैरहेको संस्था । सुन्दा पनि गर्वले छाती फुल्छ, सरकारी संस्था नाफा देख्दा । राज्यलाई सबैभन्दा धेरै कर पनि तिर्छ टेलिकमले । जनताको करबाट संचालनमा आएको टेलिकम संग खर्बौको सम्पति रहेको छ । वार्षिक अर्बौ खुद नामाफा रहेको यो कम्पनी पछिल्ला वर्षमा भने निरन्तर अधोगतिको यात्रामा छ । सवै सार्वजनिक संस्थानहरुलाई डुवाएर ध्वस्त बनाएको एैंजेरु टेलिकममा पनि पलाइसकेको छ ।
टेलिकमको वर्तमान नेतृत्व गतिहिन र दिशाहिन बन्दा विगत दुईवर्षदेखि संस्थाको व्यालेन्स सिटले निरन्तर रातो बत्ति बालिरहेको छ । टेलिकमको नाफा त सेवा बेचेर बढ्नु पर्ने हो । तर, मुद्दती खातामा रहेको रकमको वृद्धिका आधारमा मात्रै खुद नाफा बढेको भनेर बजारमा प्रचार गरिंदैछ । टेलिकमको सेवा प्रभावशाली बन्न नसक्दा उपभोक्ताहरु प्रतिस्पर्धी निजी कम्पनीको सेवा लिन बाध्य बनाइएका छन् । सबैभन्दा पहिला सुरु भएको ४जी सेवालाई टेलिकमले काठमाडौं र पोखरामा पनि राम्ररी विस्तार गर्न सकेन । निजी क्षेत्रका कम्पनीले भने उच्च गतिको ४जी सेवा संचालन गरिरहेका छन् टेलिकम भन्दा ६ महिना पछि संचालनमा आएर । कसले रोक्यो टेलिकमको ४जी सेवा विस्तारलाई ? टेलिकमको नेतृत्व कमिशनको चक्कर काट्दै गर्दा ४जीले नेटो काटेको पत्तै पाएन ।
टेलिकम किन यसरी कमजोर बन्यो ? कसले बिगार्न थाल्यो टेलिकमको शाख ? यी गम्भीर प्रश्नको उत्तर खोज्न आवश्यक छ । यिनै गम्भीर प्रश्नको उत्तर खोज्दै विस्तृत अपरेशन आज राति ९ बजे कार्यक्रम अपरेशन विग न्यूजमा ।
प्रतिक्रिया दिनुहोस्