ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउने भनिएको निर्णायक बैठक बालुवाटारमा सुरू


एबीसी / संवाददाता
पुस १०, २०७९ आईतबार  ११ : ०१ बजे

काठमाडौं १०पुस । प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउन निर्णायक भनिएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरू भएको छ।

सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व छलफलमा जुटेका हुन्। बैठक केहीबेर अघि सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।

हिजो शनिबार साँझको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यालमा आफ्नो अडान कायमै राखेका थिए।

उनले कांग्रेसले राष्ट्रपति लिएर आफुलाई प्रधानमन्त्री दिनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए।‘अध्यक्षज्युले गठबन्धनकोतर्फबाट डेढ वर्ष कांग्रेसले नेतृत्व गरिसकेकाले अब माओवादीलाई नेतृत्व गर्न दिनुपर्ने अडान कायमै राख्नुभयो,’ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने।

प्रचण्डले अडान कायमै राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई प्रधानमन्त्री दिन पार्टी तयार नभएको जवाफ दिएका थिए।‘तपाइँलाई प्रधानमन्त्री दिन साथीहरू तयार भएनन्। पार्टीभित्र पनि छलफल गर्नुपर्‍यो नि। अहिलेनै माओवादीलाई दिनुहुन्न भन्ने कुरा छ,’देउवाले प्रचण्डलाई भनेका थिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकालमा आफ्नो दाबी कुनैपनि हालतमा नछोड्ने पक्षमा छन्। कांग्रेस तयार नभए एमालेसँग छलफल गर्ने उनको तयारी छ। यो सन्देश उनले शनिबार साँझको बैठकमा पनि दिएका छन्।

शनिबारको बैठकमा सरकारको नेतृत्व २ वर्ष कांग्रेस, २ वर्ष माओवादी केन्द्र र १ वर्ष एकीकृत समाजवादीले गर्ने अनौपचारिक सहमति पनि भएको छ। ‘सरकारको नेतृत्व आलोपालो गर्नेमा कुनै विवाद छैन। तर पहिले कसले नेतृत्व गर्ने भन्नेमा हामी जहाँको त्यहीँ छौँ,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भनेका छन्।

सत्ता गठबन्धन प्रधानमन्त्रीको कार्यकालको विवादले नभत्किने कांग्रेस नेताहरूले दाबी गरेपनि सत्ता गठबन्धनको आयु सकिन थालेको माओवादी नेताहरुले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी सरकार निर्माणका लागि दिएको सात दिनको समय आज पाँच बजे समाप्त हुँदैछ। त्यसअघि कार्यकालबारेको विवाद छिनोफानो गर्दै दाबी पेश गर्ने तयारी सत्ता गठबन्धनको छ।‘राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ।

 

देउवा अल्मतको प्रधानमन्त्री बन्ने निर्णयमा : प्रचण्डका अघि देउवासमक्ष लत्रने कि चुनौति दिने विकल्प मात्र

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com